ब्याजदर र पुँजी बजारको अन्तरसम्बन्ध

भनिन्छ, बैंकको ब्याजदर र सेयर बजारको अन्तरंग सम्बन्ध रहन्छ । बैंकको ब्याजदर बढे सेयर बजार घट्ने, बैंकको ब्याजदर घटे सेयर बजार बढ्ने भन्ने पनि गरिन्छ । त्यसो त सेयर बजार राम्रो हुनका लागि सरकार, अर्थमन्त्री, केन्द्रीय बैंकको गभर्नर पनि सेयर बजारप्रति सकारात्मक हुनुपर्छ । सरकार सेयर बजारमैत्री हुनुपर्छ भनेर जानकारहरू बताउँछन् । पछिल्लो समयमा नेपाल […]

सम्बन्धित सामग्री

पुँजी बजार सुधारका ठोस योजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २० चैत्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देन दिएका छन् । मन्त्री महतले आज (सोमबार) नेपाल बैंकर्स एशोसिएनका पदाधिकारीहरुसँग ब्याजदर र अहिलेको अवस्थाका बारे परामर्श गरेका थिए । मन्त्री महतले सकारात्मक परिणाम आउने गरी ठोस योजना बनाउन बोर्डलाई निर्देशन दिएका छन् ।

पूँजी बजारमा ‘ग्रिन सिग्नल’ : नेप्से ५९ अंकले वृद्धि, ४ अर्बको कारोबार

काठमाठौं । दुई दिन यता लगानीकर्ताको आत्मविश्वास निकै बढेको देखिएको छ । सोमबार गठन भएको सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेको छ । मन्त्रिपरिषदको पहिलो बैठकनै समग्र अर्थतन्त्र, ब्याजदर, पूँजीबजारमा केन्द्रित भयो । यसले सेयर बजारमा रौनकता थपियो । सोमबार ५६ अंकले बढेको बजार मंगलबार ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा […]

अर्थमन्त्री र गभर्नर बर्खास्तीको मुख्य माग राख्दै नेप्से अगाडी अनसन सुरु

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई तत्काल बर्खास्त गर्नु पर्ने मुख्य माग सहित पूँजीवजार सुधार संघर्ष समितिले आमरण अनसन थालेको छ । समितिले नेपाल स्टक एक्सचेन्ज नेप्से अगाडी आमरण अनसन थालेको हो  ।बेलाबेलामा सम्बन्धीत निकाय र पदमा आसिन व्यक्तिहरुबाट प्रदर्शित हुने उदासिनता, गैरजिम्मेवारीपना र समग्र लगानीकर्ताको मनोभाव विपरितमा आउने विभिन्न निति तथा कार्यक्रमको विरुद्धमा केहीहप्तादेखि रिले अनसन, धर्ना प्रदर्शन लगायतका विभिन्न किसिमका विरोधका कार्यक्रमहरु सार्वजनिक गर्दा पनि गर्भनर लगायतका नियमनकारी निकायको जिम्मेवार तहमा बसेका व्यक्तिहरुबाट मागको कुनै पनि सुनुवाई नभएको भन्दै समितिले आमरण अनसन सुरु गरेको हो।समितिले अर्थमन्त्री र गभर्नर पुँजी बजार र समग्र अर्थतन्त्र विरोधी भएको भन्दै उनीहरुको बर्खास्तिलाई मुख्य मागको रुपमा अगाडी राखेको छ । त्यस्तै समितिले अन्य १८ वटा माग राखेको छ।सुरुमा  अनसन बस्न जाँदा प्रहरीले नेप्से प्राङ्गण निषेधित क्षेत्र भएकोले उनीहरुलाई पाल टाग्न दिएको थिएँन । प्रहरीएल अन्य वैकल्पिक स्थान छनौट गर्न आग्रह गरेको थियो । तर पछि उनीहरु नेप्सेको मूल गेट अगाडी नै अनसनमा बसेका हुन् ।  यस्ता छन् समितिले राखेका अन्य माग : १. आफ्नो अख्तियारीको दुरुपयोग गरी सुनियोजित रुपमा बजार घटाउनको लागि परिरहेका नीतिगत भ्रष्टाचारमा लिप्त गभर्नर माथि अनुसन्धान गरी कारवाहीको दायरमा ल्याउन छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेश गरीकानून बमोजिम कारबाही गर ।२. अप्राकृतिक रुपमा तरलता घटाउन र Covid-19 को बेला अर्थतन्त्र ध्वस्त पार्न CCD Ratio खारेज गरी CD Ratio लगाई अबौं रुपैयाँ तरलता गायब गरी ब्याजदर आतर्क सिर्जना गरेको हुनाले तत्कालको CD Ratio खारेज गरी CCD Ratio नै कायम गर ।३. विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर, त्यतिबेला प्रस्तुत गरिएको ५८ बुंदै सहमतिलाई अक्षरांश पालना गर ।४. लघुवित्त कम्पनीहरुले २०% भन्दा माथिको बोनस शेयर वितरण गर्दा ५०% भन्दा माथिको रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर । ५. १% बाट १.३% हुनेगरि बढाइएको असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरि १% नै कायम गर।६. बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धित्तोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरि १२० दिनको औषत मुल्यकायम गर ।७ अरु क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै शेयर कर्जालाई पनि Total Lending fundमा समावेश गर । ८. बैंक तथा वित्तिय संस्थाहरुले शेयर बजार मार्फत शेयर खरिद बिक्री गर्न रोक लगाउने गरिजारि गरिएको निर्देशन तत्काल खारेज गरि बैंक तथा वित्तय संस्थाहरुले पूँजी बजारमा लगानी गर्नुपाउने पुरानै व्यवस्था कायम गर।९. अत्याधिक र असमान ब्रोकर कमिसनलाई घटाएर ०.१०% अथवा Flat Rate मा झार।१०. बृहतआर्थिक चलखेल गरि साना लगानीकर्तालाई निरुत्साहित र बजारबाट बहिर्गमन गर्ने उदेश्यले ल्याउन लागिएको Book Building तत्काल खारेज गरि रु.१०० Par Value मा IPO जारि गर्ने व्यवस्थाकायम गर।११. ५० कित्ता भन्दाकम IPO को आवेदन दिननसकिने भन्ने किसिमको नयाएवम् कम पूँजी भएका लगानीकर्तालाई बजार प्रवेश गर्न नदिने चलखेललाई पूर्ण रुपमा रोक्न त्यसता कदम बन्द गर ।१२. मौलिक हक अन्तर्गतको सम्पत्तीको हकमाथि प्रहार गरि नेपाल राष्ट्रबैंकले मार्जीन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमालगाएको छ । मौद्रिक नितिमार्फत समग्र पूँजीबजारको विकासको बाधक बनेको यो व्यवस्था तुरुन्तखारेज गर ।१३. दिनहुँ रुपमा बढिरहेको पूँजीबजारको आकार र पूँजीबजार प्रतिको आकर्षणलाई मध्यनजर गरी सिमिति संख्यामा खोलिएका ब्रोकरको संख्या थप गर्नुको साथै बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय तत्काल कार्यान्वयन गर।१४. ब्रोकर कम्पनीहरुबाट हुने विभिन्न अनुचित कार्यहरु जस्तैः फोन नउठाउने, विक्रि गरेको शेयरको पैसा उचित समयमा नतिर्ने, समयमा खातामा शेयर नहाल्ने जस्ता गतिविधिहरुमाथि यथाशिघ नियन्त्रण गरियोस र यस्ता ब्रोकरहरुको ब्रोकर लाइसेन्स खारेज गर ।१५. FTI, FDI, र FPI लाई मन्त्रिपरिषद्बाट पास गराएर तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवस्था गर  ।१६. TMS मा Trading Time मा भैरहेको प्राविधिक समस्यालाई व्यवस्थित तरिकाले समाधान गर । ब्रोकरमा भईरहेको Display लाई तत्काल सुचारु गर ।

घरजग्गा र शेयरको ऋण कस्ने तयारीमा अर्थ मन्त्रालय :: Pahilopost.com

काठमाडौं : बैंक तथा वित्तीय संस्थाको ब्याजदर नियन्त्रण गरी उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने गरी सरकारले हस्तक्षेपको तयारी थालेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार तथा मुद्रा बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसैमा आधारित रहेर अर्थ मन्त्रालयले हस्तक्षेप गर्ने तयारी

बैंकरले ब्याजदर घट्ने आश्वासन दिँदा सेयर बजार बढ्यो

बैंकरले लगानीकर्तालाई ब्याजदर घट्ने आश्वासन दिएपछि सेयर बजार बढेको छ। अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहित नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरु र नेपाल पुँजी बजार लगानीकर्ता संघ तथा इन्भेष्टर फोरमको संयुक्त भेटघाटमा बैंकरले असोजपछि व्याजदर घट्ने आश्वासन दिएका हुन्।