राधी विद्युत कम्पनीको साधारण सभा आज हुँदै

काठमाडौं, २९ असार । राधी विद्युत कम्पनीको आज (मंगलवार) साधारण सभा हुँदैछ । कोभिडको जोखिमलाई ध्यानमा राखी सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट बोलाएको हो । आज हुने सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल, प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव समेत पारित गर्ने जनाइएको छ । […]

सम्बन्धित सामग्री

राधी विद्युतले ५ प्रतिशत लाभांश वितरण गर्ने, पुस २९ गते पारित हुने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले यस वर्ष पनि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष गत वर्षकै अनुपातमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पािरश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने छन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्