मानुषी लघुवित्तको आईपीओ साउन २७ गतेबाट

मानुषी लघुवित्त वित्तीय संस्थाले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ […]

सम्बन्धित सामग्री

भदौ ७ गते आईपीओ बाँडफाँट गरेको मानुषी लघुवित्तको शेयर कारोबार आगामी सातादेखि

भदौ ३१, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार शुरु हुने भएको छ ।  गत भदौ ७ गतेनै बाँडफाँट गरेको आईपीओ सूचीकरणका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गराईसकिएको जानकारी शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले दिएको छ । बिहीवारसम्म सिडिएससीमा आवश्यक प्रक्रिया सम्पन्न गरी आगामी दोस्रो बजारमा सूचीकृत गराउने योजना रहेको शेयर रजिष्ट्रार कम्पनीले बताएको छ । कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १३२ दशमलव ६९ देखि रू. ३९८ दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ ।  उक्त कम्पनीको आर्थिक वर्ष २०७६/ ७७ सम्ममा वास्तविक नेटवर्थ रू. १३२ दशमलव ६९ रहेको छ । कम्पनीले सर्वसाधारणमा साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरी भदौ ७ गते बाँडफाँट गरेको हो । सर्वसाधारणमा कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो । कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुगेको छ । कम्पनीको शेयरमा संस्थापक तर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत स्वामित्व रहेको छ ।

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले पाए ११/११ कित्ता

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो ।गोलाप्रथाबाट गरिएको बाँडफाँटमा  कुल ३६ हजार ८ सय ५६ जनाले १०र१० कित्ताका दरले सेयर हात पारेका छन् भने  लक्की ३ जनाले ११र११ कित्ता सेयर पारेको विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।कम्पनीको आईपीओ लागि कुल २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका

मानुषी लघुवित्तको आईपीओमा ८३.१० गुणा बढी आवेदन

साउन ३१,काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा  ८३ दशमलव १० गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार निष्कासनको अन्तिम दिन आइतवार साँझसम्म उक्त कम्पनीको आईपीओमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता शेयर माग भएको छ। जुन मागभन्दा ८३ दशमलव १० गुणा बढी हो।  कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  मागभन्दा बढी आवेदन परेकाले आईपीओको विक्री छिटो अवधिमै बन्द भएको हो । सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गरेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

मानुषी लघुवित्तको ३ लाख ९३ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ साउन । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गनेदेखि बिक्रि खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ आजदेखि निष्कासन गर्ने गरेको हो । शुक्रबारसम्ममा संस्थाको […]

दोस्रो दिनसम्ममा मानुषी लघुवित्तको आईपीओमा मागभन्दा ४८ गुणाभन्दा बढी आवेदन

साउन २८, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा बिहीवारसम्म १३ लाख ४७ हजार ८०८ जनाले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार ती आवेदकहरुबाट १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो । जुन मागभन्दा ४८ दशमलव २१ गुणा बढी आवेदन हुन आउँछ । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आइपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

मानुषी लघुवित्तको आईपीओ खुला

मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबारदेखि बिक्री खुला भएको छ । बुधबारदेखि बिक्री खुला भएको आईपीओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।

मानुषी लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?

बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो । बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१

मानुषी लघुवित्तको आईपीओ बुधवारदेखि विक्रीमा

साउन २६, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधवारदेखि विक्री खुला हुने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि विक्री गरिने छ ।  आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा साउन ३१ गतेसम्म र सो अवधिमा विक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  ।  कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।  आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको सफ्टवेयरबाट पनि  आवेदन दिन सकिने छ । विक्री प्रबन्धक नेपाल एसबिई मर्चेण्ट  बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आव २०७६/ ७७ को बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको शेयरमूल्यले पहिलो कारोबारको लागि रू.३९८ दशमलव शून्य ७ ओपन रेञ्ज पाउने देखिन्छ ।

मानुषी लघुवित्तको आईपीओ साउन अन्तिमदेखि

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले यही साउन महिनाको २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। जसमा सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी बसेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन भर्न पाउनेछन्।