काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुभएकाे छ। अध्यक्ष ओली शुक्रबार दिउँसाे सभापति देउवाकाे निवास महाराजगञ्जमा पुग्नुभएकाे हाे। २ जना शीर्ष नेताबीच अहिले भेटवार्ता जारी रहेकाे छ। जेनजी आन्दोलनपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको छ। साेही भेटवार्ता पछिल्लाे समसामयिक राजनीतिक विषयमा संवाद भएकाे बुझिएकाे छ।
एमालेको आशन्न एघारौँ महाधिवेशन पार्टीको भित्री उत्सव मात्रै होइन, अस्तित्व र सम्मान जोगाउने निर्णायक प्रतिस्पर्धा पनि हो । तर, महाधिवेशन प्रतिनिधि छनोटका नाममा जुन किसिमको मनपरी चल्यो, सर्वसम्मतको आवरणमा जुन तरिकाले प्रक्रियाको हत्या गरियो, कार्यकर्ताको आवाजलाई जसरी थिचियो- यी सबै घटनाले एमालेभित्र एउटा गहिरो असन्तोष र अविश्वासको ज्वालामुखी भित्रभित्रै दन्किरहेको छ । जहाँजहाँ सर्वसम्मत प्रतिनिधि […]
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेको छ। एमाले अध्यक्ष ओली अहिले देउवालाई भेट्न उनको अस्थायी निवास महाराजगञ्ज पुगेका छन् । देउवालाई भेट्न ओली महाराजगञ्ज पुग्दा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का उनकै निवासमा नेताहरूसँग छलफलमा छन् । स्रोतका अनुसार शुक्रबारको भेट जेन-जी आन्दोलनमा देउवामाथि भएको गम्भीर आक्रमणपछि […]
जनकपुरधाम। मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको दाबी पेस भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभकरले शुक्रबार ५ बजेसम्मका लागि नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेपछि ६ दलका नेताहरूको उपस्थितिमा दाबी प्रस्तुत भएको हो। जसपा नेपालका प्रवक्ता एवं प्रदेशसभा सदस्य मनीष सुमनले नागरिक उन्मुक्ति पार्टीले समेत आफूहरूलाई समर्थन दिएको र उसका प्रदेशसभा […]