किएभ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गरेका छन्। यसअघि रूसले युक्रेनी राष्ट्रपति र उनका युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पुर्याउने प्रयास गरेको आरोप लगाएको छ। उक्त भेटमा नयाँ शान्ति प्रस्तावबारे छलफल हुने छ। जसले युद्धलाई हालको मोर्चामा स्थिर राख्ने […]
काठमाडौं– स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोङ्गबु टाउन प्लानिङमा मेला आयोजना भएको हो । मेलाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति एवं काठमाडौँ महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादित […]
वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड संकलन गरेको छ । वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व संकलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ […]
उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।
एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, […]