काठमाण्डाै - तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिहं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गर्नुभएको छ ।
लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरदेखि १० मिनेटको दूरीमा रहेको मतदान केन्द्रसम्म गुरुङलाई आफन्तको सहयोगमा पुर्याइएको थियो ।
यसैगरी म्याग्दे गाउँपालिका–१ गुणादीमा रहेको महेन्द्री मावि मतदान केन्द्रमा ९२ वर्षीय नारायणदत्त खनालले पनि मतदान गर्नुभएको छ ।