जनकपुरधाम– प्राथमिक खरिद समितिको निर्णय झन्झटिलो भएकोले यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन । नेपाल सरकारले सो कार्यालयलाई यसवर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा हालसम्म ३० लाख १६ हजार १७४ मूल्य बराबरको ९६४ दशमलव २५ क्विन्टल धान मात्र खरिद गरेको छ । […]