काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा कार्यान्वनमा समस्या भएको गुनासो गर्नुभएको छ । गृह जिल्ला रूपन्देहीको तिलोत्तमा आयोजित कार्यक्रममा उहाँले ओली सरकारले ल्याएको बजेटलाई कागजी घोडाको संज्ञा दिनुभयो । अघिल्लो सरकारको बजेट सच्याएर आफूहरुले नयाँ बजेट ल्याएको भन्दै खाँडले बजेट अभावका कारण ओली सरकारले ल्याएका योजना कटौती गर्नुपरेको तर्क पनि गर्नुभयो […]