नर्भिक इन्टरनेशनल हस्पिटलले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । पब्लिक कम्पनीमा रूपान्तरण भएको पहिलो वार्षिक साधारणसभाबाट बोनस सेयर पारित भएको हो ।आइपिओ निष्कासन तयारीमा रहेको अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरण प्रस्ताव पारित गरेको जानकारी दिएको छ ।हाल नर्भिकको चुक्तापुँजी १५ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, साधारणसभाले हाल ३० करोडमा सीमित अध