त्रिभुवन आर्मी क्लबलाई नेपाल पुलिस क्लबलाई तीन विकेटले हराएको छ । त्रिभुवन आर्मीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याउँदै पुलिसले खेल सकिन ३२ ओभर तीन बल बाँकी छँदै सात विकेटको क्षतिमा पूरा गरेको हो ।
त्रिभुवन आर्मीका लागि स्पिनर साहब आलमले सात विकेट लिए पनि हार टार्न सक्नुभएन । सामान्य लक्ष्य पछ्याउने क्रममा ४८ रनमा मात्र दुई विकेट गुमाएको पुलिसले थप १२ रन जोड्न पाँच विकेट गुमाउन पुग्यो । उसको पारीमा सुनिल धमलाले सर्वाधिक ३९ तथा पवन सर्राफले २२ रनको अविजित पारी खेल्नुभयो । विकेटकीपर ब्याट्सम्यान दिलीप नाथले १५ रन बनाउनुभयो ।