गरिमा विकास बैंक र निर्धन उत्थान लघुवित्तका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा गत आर्थिक वर्षको लाभांश जम्मा गरिदिएका छन् । निर्धन उत्थान लघुवित्तले गत फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरूको हितग्राही खातामा पठाउन शुरू गरेको हो । फागुन १ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले उक्त बोनस शेयर पठाउन शुरू गरेको हो । त्यो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ । साथै कम्पनीले विगतका साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस शेयर लिन बाँकी शेयरधनीले शेयर रजिष्ट्रारमा सम्पर्क गरी आआफ्नो लाभांश प्राप्त गर्न सक्ने पनि जानकारी दिएको छ ।  त्यस्तै गरिमा विकास बैंकले पुस २२ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएपछि शेयरधनीहरूको खातामा पठाउन शुरू गरेको हो । पुस ८ गतेसम्म कायम शेयरधनीहरूमध्ये शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ भने त्यो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।   साथै अघिल्लो आवमा बुझाउनुपर्ने लाभांश रक नबुझाएका शेयरधनीहरूमध्ये १६औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांशले समेत बुझाउनुपर्ने सम्पूणर् कर रकम बुझाउन नपुग्ने शेयरधनीले उक्त रकम जम्मा गरेपछि मात्र बोनस शेयर प्राप्त गर्नेछन् ।  शेयरधनीले उक्त बोनस शेयरमा लाग्ने कर बैंकको खाता रहेको लाजिम्पाट शाखा खाता नं. ०४०००१०१०१३८९३०००००१ मा ‘एनआईबिएल एस क्यापिटल-जीबीबीएल बोनस ट्याक्स २०७७-२०७८’ नाममा जम्मा गर्नुपर्नेछ । दुवै कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।।  गरिमा विकास बैंकको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्  निर्धन उत्थान लघुवित्तको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

गरिमा विकास बैंक १६औं वर्षमा

काठमाडौं । गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ । एक्सेस टु अल भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको यस बैंक मंसिर ७ गते स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं वर्षमा प्रवेश गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल यस विकास बैंकले ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने

गरिमा विकास बैंक र द हिमालयन ग्रिल बाई बाजेको रेष्टुरेन्टबीच सम्झौता

गरिमा विकास बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेष्टुरेन्टबीच छुट दिनेबारे सम्झौता भएको छ ।सो सम्झौतामा बैंकको बजारीकरण विभाग प्रमुख रमेश सिजाल र रेष्टुरेन्टका अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौंको सामाखुशीमा रहेको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेष्टुरेन्टबाट […]

गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् ।

स्वरोजगार कोष र गरिमा विकास बैंक बीच कर्जा सम्बन्धी सम्झौता

मंसिर १२, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएको छ ।   नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बीच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि बुधवार एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको हो ।  सो कर्जा सम्झौतामा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।  यो कर्जा सम्झौतापछि  विपन्न वर्गलाई बैंकले सहुलियत दरमा  बिना धितो कर्जा प्रबाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता

९ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच कर्जा सम्झौता भएको छ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर […]

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जासम्बन्धी सम्झौता

नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जासम्बन्धी सम्झौता भएको छ ।

गरिमा विकास बैंक १५औँ वर्षमा, यस्तो छ वित्तीय अवस्था

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा बैंकले रक्तदान कार्यक्रम गरेको छ । १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा एकसाथ सञ्चालनमा ल्याएको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ सुरु गरेको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ । बैंकले हाल ११५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा दिँदै आएको छ । बैंकले ६७.१६ अर्ब निक्षेप संकलन गरी ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।

गरिमा विकास बैंक र केसीएल क्यापिटलबीच सम्झौता

गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात केसीएल क्यापिटलमा गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर स्वामित्व कायम भई केसीएल अस्ट्युट क्यापिटल गरिमा विकास […]

गरिमा विकास बैंक र सूर्यालाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

गरिमा विकास बैंक र सूर्यालाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।