क्रिकेट खेलाडी माथिको कारबाही पुनर्विचार गर्न क्यान पदाधिकारीलाई मन्त्री गहतराजको आग्रह

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथी पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै उनले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश जाने भन्दै चिन्ता समेत ब्यक्त गरे ।मन्त्री गहतराजले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिए । मंसिर २९ गते क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो ।

सम्बन्धित सामग्री

क्रिकेट खेलाडी माथिको कारबाही फिर्ता लिन पूर्वकप्तान पारस खड्काको आग्रह

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट खेलाडीलाई गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन्। खेलाडीहरुमाथिको कारबाही अन्यायपूर्ण भएकाले उनीहरुमाथि गरिएको कारबाही फिर्ता हुनुपर्ने पुर्वकप्तान खड्काले आग्रह गरेका छन्। खेलाडीहरुमाथि न्याय हुनुपर्ने र त्यसका लागि उनीहरुमाथिको कारबाही फिर्ता हुनुपर्ने भन्दै खड्काले सामाजिक संजाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन्। 'हामीहरु हाम्रा क्रिकेट खेलाडीको समर्थनमा छौं, उनीहरुमाथि न्याय हुनुपर्छ' खड्काले लेखेका छन्, 'आशाबादी छु, क्यानले आफ्नो निर्णय फिर्ता लिनेछ र खेलाडीहरु आगामी फेब्रुअरीमा हुने टि२० विश्वकप छनौट खेलको तयारिमा केन्द्रित हुन पाउनेछन् र हाम्रो (नेपालको) एकदिवसीय स्ट्याटस कायम हुनेछ।'मंसिर २९ गते क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथी पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै उनले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश जाने भन्दै चिन्ता समेत ब्यक्त गरे ।मन्त्री गहतराजले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिए