कञ्चनपुर : नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयमा बुधबार तालाबन्दी गरेको छ।विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीको कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरेका हुन्। अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले प्रवेश परीक्षामा विद्यार्थीको ढाड सेक्ने गरी लगाइएको शुल्क फिर्ता लगायतको माग गर्दै तालाबन्दी गरिएको बताए।विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई सरुवा गरी केन्द्रीय कार्यालयमा हाजिर गराएर तलब खुवाउने, भर्नाबापत गलत नियम बनाइएकाले त्य