प्रदेशगत आर्थिक सूचकहरू

नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएपछि नेपाल सात प्रदेश, ७५३ ओटा स्थानीय तह र एउटा संघ भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रूपान्तरित भयो । संविधानतः राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय गरी तीन तहले सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तमा आधारित भई गर्ने व्यवस्था छ । तीनै तहको चुनाव सम्पन्न भई सरकारले आआफ्नो कामसमेत गरिरहेका छन् । सबै तहका सरकारले आवश्यक नीतिहरू तर्जुमा गरी मातहतका क्षेत्रभित्र दिगो आर्थिक तथा सामाजिक विकासका कार्यहरू अघि बढाउनु पहिलो आवश्यकता देखिन्छ । राज्य शक्तिको बाँडफाँटलाई सफलतापूर्वक कार्यान्वयन गर्न मातहत क्षेत्रको सामाजिक एवम् आर्थिक अवस्थाका बारेमा यकिन भई निर्णय लिनुपर्ने हुन्छ । यसका लागि प्रादेशिक तथा स्थानीय तहगत तथ्याङ्क एवम् सूचना संकलन तथा प्रशोधन कार्यलाई संस्थागत एवम् नियमित गर्नु आवश्यक छ । संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई वित्त हस्तान्तरण गर्दा मूलतः प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता, स्रोत संकलन र परिचालन गर्ने क्षमता, मुलुकको विकास नीति एवम् आवश्यकता, क्षेत्रगत असमानता र गरीबी न्यूनीकरणलगायत पक्षलाई आधारका रूपमा लिनुपर्ने संवैधानिक व्यवस्थासमेत रहेको छ । यी सबैका लागि प्रदेशगत तथ्याङ्क एवम् विवरणहरूको उपलब्धता अपरिहार्य छ । यस तथ्यलाई दृष्टिगत गरी सरकारी, अर्ध–सरकारीलगायत अन्य निकायहरूबाट तथ्याङ्क एवम् सूचना उपलब्ध हुनु आवश्यक हुन्छ । तथ्याङ्क एवम् सूचनाले प्रदेशगत रूपमा दिगो एवम समावेशी विकासको रणनीति तय गर्ने कार्यमा यथोचित दिशानिर्देश गर्नेछ । हालसम्म प्रदेश तह र स्थानीय तहस्तर छुट्टिने गरी पर्याप्त सूचकहरू उपलब्ध हुन सकेको छैन । तापनि प्रदेशस्तरका केही उपलब्ध सूचकहरू खास गरी केन्द्रीय तथ्याङ्क विभागबाट तयार गरिएको विवरणका आधारमा र समग्र आर्थिक सूचकहरूका आधारमा यिनीहरूको आर्थिक गतिविधि विश्लेषण गर्न सकिन्छ । प्रदेश कुल गार्हस्थ्य उत्पादन तथा वृद्धिदर प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा विगत तीन वर्षहरूको तथ्याङ्क उपलब्ध छ । आव २०७५/७६ मा प्रदेशहरूको गार्हस्थ्य उत्पादन तुलनात्मक रूपमा उच्च वृद्धिदरको देखिएको थियो । तर, आव २०७६/७७ मा वृद्धिदर प्रायः ऋणात्मक रहेको देखियो । आव २०७७/७८ मा वृद्धिदर कम भए पनि धनात्मक हुने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशअनुसार अलगअलग योगदान रहेको छ । कुनै निश्चित प्रदेशको योगदानमा विगत ३ वर्षमा खास भिन्नता आएको भने छैन । आव २०७७/७७८ को अनुमानअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (रू. ३७ खर्ब ३३ अर्ब २० करोड) मा सबैभन्दा बढी योगदान वाग्मती प्रदेशको ३७ दशमलव ७ प्रतिशत (रू. १३ खर्ब ७६ अर्ब ८० करोड) रहेको छ । सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ४ प्रतिशत (रू. १ खर्ब ५१ अर्ब ८० करोड) रहेको छ । प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र तथा सेवाक्षेत्र प्राथमिक क्षेत्रअन्तर्गत कृषि वन मत्स्य र खानी तथा उत्खनन क्षेत्र पर्छन् । आव २०७७÷७८ लाई आधार मान्दा वाग्मती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान निकै कम (११ दशमलव ९ प्रतिशत) छ भने प्रदेश नम्बर २ को सबैभन्दा बढी (३७ दशमलव ७ प्रतिशत) छ । द्वितीय क्षेत्रअन्तर्गत उद्योग र विद्युत् तथा ग्यास, पानीको आपूर्ति तथा निर्माण क्षेत्र पर्छन् । यस क्षेत्रमा गण्डकी प्रदेश केही अगाडि (१६ दशमलव ७ प्रतिशत) देखिन्छ भने कर्णाली प्रदेश तुलनात्मक रूपले पछाडि (१० दशमलव २ प्रतिशत) देखिन्छ । बाँकी अन्य सेवाका क्रियाकलापहरूमा थोक तथा खुद्रा व्यापार, सवारीसाधन मर्मत, यातायात र स्टोरेज, आवास तथा भोजन सेवाका क्रियाकलापहरू, सूचना र संचार, वित्तीय तथा बिमाका क्रियाकलापहरू, रियल इस्टेट क्रियाकलापहरू, पेशागत, वैज्ञानिक र प्राविधिक क्रियाकलापहरू, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरू, सार्वजनिक प्रशासन तथा प्रतिरक्ष, अनिवार्य सामाजिक सुरक्षा, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापहरू पर्छन् ।  सेवाका अन्य क्रियाकलापहरू, कला मनोरञ्जन र घरायसी रोजगारका क्रियाकलापहरू तथा आफ्नै खपतका लागि घरभित्रका उत्पादन गरिने वस्तुहरू सबै सेवाक्षेत्रअन्तर्गत पर्छन् । सेवाक्षेत्रमा सबैभन्दा अगाडि (७७ दशमलव ४ प्रतिशत) वाग्मती प्रदेश देखिन्छ भने प्रदेश १ तुलनात्मक रूपले पछाडि (४८ दशमलव ६ प्रतिशत)  देखिएको छ । लेखक गण्डकी प्रदेशको नीति तथा योजना आयोगका तथ्यांक अधिकृत हुन् ।

सम्बन्धित सामग्री

आर्थिक सूचकहरू सकारात्मक – प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।

निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट गरेका छन् ।

ओरालो लागेका आर्थिक सूचकहरू उठाउन नयाँ सरकारलाई चुनौतिपूर्ण

काठमाडौं । आय–व्ययबीच असन्तुलनले राज्यकोष प्रशासनिक खर्च धान्नसमेत कठिन रहेको अवस्थामा माओवादी नेतृत्वमा गठबन्धन सरकार बनेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई मितव्ययी बन्ने, दीर्घकालीन खर्च घटाउने मात्र नभई कर्मचारीलाई सहज ढंगले तलब र पेन्सनको सुनिश्चिततासँगै जनताका नाना, खाना र छानाको आकांक्षालाई एकसाथ सम्बोधन गर्नुपर्ने दायित्व छ । माओवादीकै अर्थमन्त्री भएको समयमा ओरालो लागेका आर्थिक […]

मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा रहेको बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरू आइरहेको बताए । उनले अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताए । अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै अर्थतन्त्रमा […]

आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघसँगको विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। लामो समयदेखि अर्थतन्त्रमा...

मुलुककाे आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा रहेकाे छ: शेखर गाेल्छा

काठमाडाैँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा रहेको बताएका छन्। आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरू आइरहेको बताए। अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने आवश्यकता रहेकाे अध्यक्ष गाेल्छाकाे भनाइ छ। उनले भिजन पेपरले […]

यस्तो छ चालु आवका आर्थिक सूचकहरू

काठमाडौँ । सरकारले पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण प्रतिकूल प्रभावमा परेर शिथिल भएको अर्थतन्त्र सामान्यीकरण बन्दै गएको स्पष्ट पारेको छ । कोभिड १९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्य पेस गर्दै सरकारले २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिब ९८ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै […]

चालू वर्षका आर्थिक सूचकहरू— २

नेपालमा बिमाको इतिहास त्यति लामो नभए पनि २०७७ फागुनसम्ममा बिमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत वृद्धि भई ५ खर्ब २ अर्ब ६० करोड पुगेको छ । चालू आर्थिक वर्षको फागुनसम्म १ खर्ब २ अर्ब ४० करोड बिमा शुल्क संकलन भएको छ । पहुँचका हिसाबले २६ प्रतिशत […]

चालू वर्षका आर्थिक सूचकहरू

चालू आर्थिक वर्षमा हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा रह्यो भन्ने विषयमा फागुन १४ गते अर्थमन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण २०७७-७८ लाई आधार बनाएर यो लेख तयार पारिएको छ । यसमा दुई भागहरू छन् । यो लेखको पहिलो भाग हो भने यसैको दोस्रो भागका रूपमा कारोबार दैनिकको अर्को अंक कुर्नुपर्नेछ ।हाम्रो देशको अर्थतन्त्रको आकार हेर्ने हो भने चालू […]