जसपाका दुवै पक्षको कारबाही अमान्य हुने आयोगको ठहर

निर्वाचन आयोगले जसपाका दुवै पक्षले एकअर्कालाई गरेको कारबाही मान्य हुन नसक्ने निर्णय गरेको छ । जेठ ३० मा बसेको आयोगको बैठकले दुवै पक्षले दाबी गरेजस्तो निर्णय गर्न कानुनसम्मत नहुने ठहर गरेको हो ।राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ को व्यवस्थामा पदाधिकारीको हेरफेर भन्ने शब्दावली रहेको तर पदाधिकारीको निष्कासन सम्मको अर्थभाव रुपमा प्रकट नगर्ने आयोगले […]

सम्बन्धित सामग्री

जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं।जसपाको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।बिहान ११ बजेपछि बस्ने बैठकमा महन्थ ठाकुर,राजेन्द्र महतोसहितका नेतामाथि बहुमतले गरेको कारबाही अमान्य हुने निर्वाचन आयोगको निर्णयबारे छलफल हुने बताइएको छ। यसअघि नै उपेन्द्र यादव पक्षले आयोगको निर्णयप्रति आपत्ति जनाइसकेको छ। कारबाही अस्वीकार गर्ने आयोगको निर्णयलगत्तै एकतर्फी रूपमा कार्यकारिणी सदस्य थप गरेका ठाकुरले भने बैठकमा नजान कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका थिए।

निर्वाचन आयोगको निर्णय : जसपाको दुवै पक्षको कारबाही अमान्य

३० जेठ, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई गरेको कारबाही अमान्य भएको बताएको छ । साथै पार्टीको पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निष्कासन […]