नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित साँठगाँठ गरेर प्रतिनिधि सभा भंग गरेको टिप्पणी गरेका छन् ।
शनिवार दिउँसो एक विज्ञप्ति जारी गर्दै नेता नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको बताएका छन् ।
उनले महामारी विरुद्ध जुध्नुपर्ने बेलामा संविधान मिची जवरजस्ती निर्वाचनतर्फ धँकेल्नु राष्ट्र र जनताविरुद्ध अपराधपूर्ण कार्य भएको बताएका छन् । उनले भनेका छन्,'यो...