फेरि फर्कियो आर्थिक मन्दीको भय, बैंकिङ समस्याले अचानक कर्जा प्रवाह ठप्प हुने अवस्था

काठमाडौं ।  हालैका हप्ताहरुमा अन्तरराष्ट्रिय सञ्चार माध्यममा बैंकिङ क्षेत्रको समस्यालाई दिनँहु हेडलाइनका बनाइरहेका छन् । अमेरिकाको मझौला आकारको बैंक सिलिकन भ्याली बैंक (SVB) को पतनदेखि शुरु भएको यो शृङ्खलामा समस्याग्रस्त अन्य कुन कुन बैंकहरु डुब्ने हो भनेर ठोकुवा गरेर भन्न सकिदैंन । America मा तीन ओटा बैंक ढलेपछि Europe मा पनि यस्तै समस्या देखियो । Swiss नियामकहरुले हत्त न पत्त घरेलु प्रतिस्पर्धी बैंक यूबीएसलाई क्रेडिट स्वीस किन्न लगाएर अहिलेको लागि यो समस्या थेगे । जर्मनीमा पनि दोयचे बैंकमा समस्याका कुराहरु आइरहेका छन् ।  केही समययता हामीले आर्थिक मन्दी शब्द सुनेका थिएनौं । सुनेपनि यो कमै सुन्नमा आएका थिए । तर बैंकिङ प्रणालीमा संरचनागत दरार फराकिलो बन्ने क्रम जारी रहँदा Economic recession को भय पुनः फर्किएको छ । Banking क्षेत्रप्रति लगानीकर्ता र निक्षेपकर्ताहरुको विश्वास डगमगाइरहेको समयमा विश्व बजारमा व्यापक उथलपुथल भइरहेको छ । यसले पनि मन्दीको भय चर्काएको छ ।  आक्रामक interest rate वृद्धिका कारण बैंकहरु ढलेपछि अब अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धि बन्द गर्ने ठोकुवा व्यापारीहरुले गरिरहेका छन् । बैंकले पनि गएको नीतिगत बैठकमा त्यस्तै खालको संकेत गरेको छ । चीनले वर्षअन्त्यतिर एक्कासी कोभिड विरुद्धको शून्य नीति हटाएपछि यो वर्ष चीनको अर्थतन्त्र उक्सिने आशा थियो । तर यो आशा पनि अहिले धूमिल हुँदै गएको छ ।  यो वर्षको पूर्वाद्र्धमा विश्वको आर्थिक वृद्धिदर आफूहरुले केही हप्ता अघि सोचेको भन्दा निकै कम हुने अर्थशास्त्रीहरुले विश्लेषण गर्न थालेका छन् । महँगी नियन्त्रण गर्न विश्वभर ब्याजदर वृद्धिको होडबीच अहिले बजारमा चारैतिर तरलता  अभाव छ । यस्तोमा केन्द्रीय बैंकहरुले बैंकिङ क्षेत्रले भोगिरहेको दबाबको नजिकैबाट निगरानी गरिरहेका छन् । अहिले वित्तीय अवस्थाहरु परम्परागत उपायहरुले संकेत गरेको भन्दा पनि धेरै कसिलो भएको हुन सक्ने फेड अध्यक्ष जेरोम पावेल आफैंले बताएका छन् ।  अहिले बजारमा देखिएको उथलपुथलले महँगी विरुद्ध लड्न सघाउन सक्ने आशा यूरोपेली केन्द्रीय बैंक ( ECB) की हाकिम क्रिश्टियन लगार्दको धारणा छ । बैंकिङको कर्जा मापदन्डमा गरिएको कडाईका कारण यस वर्ष अमेरिकाको आर्थिक वृद्धिदर शून्य दशमलव २५ प्रतिशतदेखि शून्य दशमलव ५ प्रतिशतसम्म घट्ने अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्सले बताएको छ । यो भनेको फेडले ५० आधारबिन्दुसम्म ब्याजदर बढाउँदाको प्रभाव सरह हो ।  अमेरिकाका साना अनि ठूला बैंकहरुले ठूलो रकम कर्जा लिएर नगद साथमा राखिरहेको फेडको डेटाले देखाएको छ । अहिलेको बैंकिङ समस्याले अचानक कर्जा प्रवाह ठप्प हुने अवस्था ल्याएपछि अर्थतन्त्र एक खालको मन्दीमा पुग्ने देखिएको AXA Investment Managers का प्रमुख अर्थशास्त्री गिलेस मोएकले भनेका छन् । अहिले आर्थिक परिदृश्य धमिलो बन्दै गएसँगै व्यापारीहरुले यो वर्षको अन्यसम्ममा फेडले ५० आधारबिन्दुसम्म ब्याजदर घटाउने बाजी राख्न लागेका छन् । ईसीबीको ब्याजदर वृद्धिदर पनि ३ दशमलव ४ प्रतिशत भन्दा माथि नजाने देखिएको छ । यसले छोटो अवधिको कर्जाको लागत घटाएको छ ।  अमेरिकाको दुई वर्गो ऋणपत्रको प्रतिफल मार्चमा ८० आधारबिन्दुले घटेको थियो । प्रतिफलको वक्र एसभी बैंक ढल्नु अघिको भन्दा कम घुमाउरो छ । छोटो अवधिको ऋणपत्रको तुलनामा लामो अवधिको ऋणपत्रको प्रतिफल वक्र कम छ । विगतमा पनि आर्थिक मन्दि नजिकिदैं गर्दा ‘इन्भर्जन’ पछि यो वक्र उकालो लाग्थ्यो । यो महीना मात्रै अमेरिकामा २ वर्षे/१० वर्षे ऋणपत्रको प्रतिफल वक्र ४० आधारबिन्दुभन्दा धेरैले बढेको छ । यो सन् २००९ यताकै सबैभन्दा धेरै मासिक वृद्धि हो ।  यो वर्षको शुरुमा शेयर बजारमा उछाल आएकोले बैंकिङ उथलपुथलबीच बजारमा व्यापक कमी आउँदा पनि विश्व शेयर बजार शून्य दशमलव १ प्रतिशत मात्रै तल छ । यसले आर्थिक मन्दी सानो हुने आशा एकातिर बढाएको छ । तर सतहमा भने विस्तारै चिन्ताहरु सल्बलाउन थालेका छन् । बैंकिङ क्षेत्रमा उथलपुथल आउनु अघि एमएससीआई विश्व शेयर परिसूचक भन्दा विश्वको बैंकिङ शेयर धेरैले बढेको थियो । तर अहिले यो क्षेत्र यो महीना १५ प्रतिशतले घटेको छ ।  आर्थिक वृद्धिका लागि महत्वपूर्ण मानिएको घरजग्गा र तेल तथा ग्यासलगायत क्षेत्रहरुले पनि राम्रो प्रदर्शन गरेका छैनन् । बैंकिङ क्षेत्रमा व्याप्त समस्याले कर्पोरेट कर्जाको जोखिम ‘प्रिमियम’ बढाएको छ । जोखिमयुक्त सम्पत्तिप्रतिको भोकका रुपमा हेरिने तामा देखि सुनको मूल्य अनुपात मार्चमा सात महीनायताकै न्यून स्तरमा झर्यो । लगानीकर्ताहरले सुरक्षित मानिने सम्पत्तिहमा लगानी गर्न जोखिमयुक्त सम्पत्तिहरु धमाधम त्याग्न थाले पछि सुनको भाउ पुनः आकाशिएको छ ।  सबै तथ्यांक/सूचकांकहरुले आर्थिक मन्दीकै संकेत भने गरेका छैनन् । सिटी इन्डेक्स यो मध्ये एउटा हो । अमेरिका र यूरोपको व्यवसायिक गतिविधि मार्चमा अपेक्षाकृत धेरैले बढ्यो । अमेरिकाको तथ्यांक एसभी बैंकको अवसानपछि लिइएको थियो । यसले बैंकको अवसानले व्यवसायिक गतिविधिमा थोरै मात्रै असर पारेको देखाएको छ । यसलाई पनि सकारात्मक नै मान्नु पर्छ । अहिले विश्वभर बैंकिङ समस्या हेडलाइन बनिरहँदा चीनका समस्या पनि बाहिरिन थालेका छन् । चीनका साना बैंकहरुमा समस्या छन् । तर यिनीहरुले एसभी बैंकको पतनजस्तै खालको जोखिम भने नल्याउने विश्लेषण भइरहेका छन् । गएका केही वर्षयता नै चीनका औंलामा गन्न सकिने बैंकहरुमा समस्या देखिएको थियो । चीनको पाओशाङ बैंक टाट नै पल्टियो । हनान प्रान्तले केही ग्रामीण बैंकका खाता नै रोक्का गरिदिए । तर चिनियाँ बैंकहरुको संरचना र सञ्चालन अस्पष्ट भएकोले यसले बृहत अर्थतन्त्रमा प्रणालीगत जोखिम नल्याउने विश्लेषण गरिएको छ । चीनको पाँच ठूला बैंकह अर्थात् बिग फाइभ केन्द्र सरकारको स्वामित्वमा छ । यो विश्वका सबैभन्दा ठूला बैंकहरुमा पर्दछ ।  अमेरिकामा फेडले ब्याजदर बढाउन थालेपछि निक्षेपकर्ताहरुले धेरै ब्याज पाइने लोभमा बैंकमा भएको आफ्नो निक्षेप धमाधम झिक्न थालेपछि उत्पन्न संरचनागत जोखिमका कारण अमेरिकामा अहिलेको बैंकिङ संकट उत्पन्न भएको हो । अहिलेको अमेरिकाको बैंकिङ समस्या सन् २००८ को भन्दा नै फरक छ । त्यति बेला लेहम्यान ब्रदर्श धराशयी बनेपछि सोको असर अमेरिकी अर्थतन्त्र हुँदै विश्व अर्थतन्त्रभर पोखिएको थियो । तर विगतमा भएको गल्तीबाट पाठ सिकेर फेड र अन्य नियामकहरुले एसभी बैंकको अवसानको असर कम कम गर्न निकै तत्परताका साथ काम गरे । असफल हुन दिनै नहुने गरी ठूला बैंकहरु धराशयी बन्दाको परिणती दोहोरिन नदिन फेडले २००८ को विश्वव्यापी आर्थिक मन्दीयता निकै सुधार गरेको छ । अर्थतन्त्रको चालकका रुपमा रहेका घरजग्गा बजार समेतका महत्वपूर्ण क्षेत्रहरुमा तीव्र कमी आएको अनि बढ्दो ब्याजदरका कारण तरलता अभाव अहिलेका लागि सबैभन्दा टाउको दुखाईको विषय बनेको छ । बैंकिङ क्षेत्रमा व्याप्त यी तनावहरुको असर कति सम्म व्यापक छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । कर्जा अभाव हुनु भनेको आर्थिक गतिविधि सुस्ताउनु नै हो । अमेरिकाको बैंकिङ संकटले हामीहरुलाई आर्थिक मन्दीको निकै नजिक ल्याइ पुर्याएको छ ।   एजेन्सीहरुको सहयोगमा   

सम्बन्धित सामग्री

कात्तिकमा ३२ अर्ब कर्जा प्रवाह

काठमाडौं। निक्षेप वृद्धिसँगै लगानीयोग्य पूँजी (तरलता) थुप्रिएपछि बैंक, वित्तीय संस्थाहरू कर्जा प्रवाह बढाउन केन्द्रित भएका छन् । दशैं, तिहार, छठलगायत चाडपर्वका कारण आन्तरिक आर्थिक गतिविधि बढेपछि बैंकहरूको कर्जा प्रवाह वृद्धि भएको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार कात्तिकमा मात्र बैंकहरूबाट ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । असोज अन्तिममा बैंकहरूको कुल कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २४ गते हुँदा बढेर ४९ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  चालू आर्थिक वर्ष (आव) मा मात्र बैंकहरूको कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ बढेको छ । यस अवधिमा निक्षेप भने १ खर्ब ५७ अर्ब रुपैयाँ थपिएको छ । निक्षेप वृद्धिसँगै बैंकहरूले ब्याजदर घटाएर भएपछि कर्जा प्रवाहमा जोड दिएका छन् ।  बैंकहरूसँग लगानीयोग्य रकम (तरलता) अधिक भएपछि उनीहरूले निक्षेप र कर्जाको ब्याजदर घटाइरहेका छन् । कात्तिक २४ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३५ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधान छ । यसअनुसार उनीहरूसँग अझै ४ खर्ब ९३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ । यसैगरी दशैं, तिहारलगायत चाडपर्वका लागि बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकमा नै फर्किएको छ ।  दशैं बिदापछि बैंक, वित्तीय संस्थामा ४८ अर्ब रुपैयाँ थपिएपछि निक्षेप दशैंअघिकै अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार कात्तिक २४ गतेसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यस दिनसम्म वाणिज्य बैंकहरूको निक्षेप ५२ खर्ब ३२ अर्ब रुपैयाँ पुग्दा विकास बैंक र फाइनान्स कम्पनीमा ६ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप कायम भएको छ ।  असोज मसान्तमा वित्तीय प्रणालीमा कुल ५९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थियो । दशैंमा बैंकबाट निक्षेप बाहिरिँदा कात्तिक ९ गते निक्षेप घटेर ५८ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको थियो ।  दशैं बिदापछि भने बैंकमा लगातार निक्षेप बढ्न थालेको हो । दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको र उक्त रकम प्रणालीमा फर्किएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । तर, तिहार र छठपर्वका लागि पैसा झिक्नेहरू बढ्दा बैंकको निक्षेप घटेको छ । कात्तिक २३ गतेको तुलनामा २४ गते बैंकहरूको निक्षेप ३ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय विप्रेषण आप्रवाह बढ्दा बैंकहरूको निक्षेपमा सकारात्मक प्रभाव देखिएको छ । असोजमा मात्र १ खर्ब ३६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो । यो एकै महीनामा भित्रिएको हालसम्मकै उच्च रकम हो । यसैगरी पर्यटकबाट हुने सेवा आम्दानीसमेत वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । बैंकहरूसँग अधिक तरलता भएपछि अन्तरबैंक कारोबार र टे्रजरी बिल्सलगायत अल्पकालीन ब्याजदर पनि न्यून विन्दुमा झरेको छ । कात्तिक २४ गते औसत अन्तरबैंक ब्याजदर २ दशमलव ८० प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कर्जा प्रवाह बढाऊ

यो वर्ष सुरुका दिनमा निजी क्षेत्रले चाहेअनुसार कर्जा पाउन सकेनन् । बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने पर्याप्त पैसा नभएपछि सजिलै कर्जा पाउने वातावरण बन्ने विषय नहुनु स्वाभाविकै थियो । बैंकहरूले ४ सय अर्बको कर्जा माग भएको बताउँदै आएका थिए । तर, अहिले अवस्था ठीक उल्टो भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम […]

२२७ अर्ब निक्षेप हुँदा १०१ मात्र कर्जा प्रवाह

पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहे पनि निजी क्षेत्रबाट कर्जाको माग न्यून देखिएको छ । बैंकहरूमा तरलता सहजता हुँदै जाँदा कर्जा प्रवाह त्यसैअनुसार बढ्नुपर्नेमा न्यून देखिएको हो । करिब एक वर्षसम्म लगानीयोग्य रकम अभावमा बैंकहरूले कर्जा प्रवाह गर्न सकेका थिएनन् । कतिपय अवस्थामा कर्जाको माग भए पनि दिन नसक्दा बैंकर्ससँग निजी क्षेत्रले […]

नेपाल बैंक सस्तोमा कर्जा प्रवाह गर्न सक्षम छ : कृष्णबहादुर अधिकारी

बैंकिङ इतिहासमा जेठो बैंक नेपाल बैंक लिमिटेड ३० कात्तिकदेखि ८६ वर्षमा प्रवेश गर्दै छ । बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएको यसका देशभर २२१ स्थानमा शाखा र ४९ स्थानमा एक्सटेन्सन...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २१ औ वर्षमा प्रवेश

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २१ औं वर्षमा प्रवेश गरेको छ । विगत २० वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको फाइनान्सले २०७८ चैत मसान्तसम्म ७ अर्ब २ करोड निक्षेप तथा ६ अर्ब ११ करोड कर्जा प्रवाह गरी ४ करोड ६ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।फाइनान्सको निस्कृय कर्जा १.१५ प्रतिशत रहेको […]

तरलता अभावलाई झन् चर्काउने मौद्रिक नीति– कहाँ गयो लगानीयोग्य रकम ?

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घट्दै गएको छ भने कर्जा प्रवाह मात्रै बढेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा बैंकिङ क्षेत्रले १ खर्ब ७९ अर्ब ७ करोड रूपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा कर्जा प्रवाह भने ४ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ भइसकेको छ । यस्तो निक्षेप अघिल्लो वर्षका सोही अवधिको तुलनामा १ खर्ब ७३ अर्ब रुपैयाँले घटेको छ । निक्षेप संकलन घटेको भएपनि कर्जा प्रवाह भने गत वर्षको तुलनामा १ खर्ब २६ अर्ब ३० करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ३ खर्ब ५२ अर्ब २१ करोड थियो भने कर्जा प्र...

नक्कली लालपुर्जामा १९ करोड कर्जा प्रकरण

बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको घटनामा बैंकिङ कसुर अपराधअन्तर्गत पनि अनुसन्धान हुने भएको छ । जिल्ला सरकारी वकिल...

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै, ब्याजदर बढाउन थालियो

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरु आक्रामक भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) घट्दै गएको छ । कर्जा प्रवाह उच्च भएपछि वाणिज्य बैंकहरुको ऋण पुँजी र निक्षेप (सीसीडी) अनुपात ८० प्रतिशतको नजिक पुगेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी अनुपात ८५ प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरेको छ । तर, कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न दिइएको नीतिगत सहुलियत लामो समयसम्म निरन्तरता दिन नसक्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा बताउँद...