कात्तिकमा ३२ अर्ब कर्जा प्रवाह

काठमाडौं। निक्षेप वृद्धिसँगै लगानीयोग्य पूँजी (तरलता) थुप्रिएपछि बैंक, वित्तीय संस्थाहरू कर्जा प्रवाह बढाउन केन्द्रित भएका छन् । दशैं, तिहार, छठलगायत चाडपर्वका कारण आन्तरिक आर्थिक गतिविधि बढेपछि बैंकहरूको कर्जा प्रवाह वृद्धि भएको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार कात्तिकमा मात्र बैंकहरूबाट ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । असोज अन्तिममा बैंकहरूको कुल कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २४ गते हुँदा बढेर ४९ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  चालू आर्थिक वर्ष (आव) मा मात्र बैंकहरूको कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ बढेको छ । यस अवधिमा निक्षेप भने १ खर्ब ५७ अर्ब रुपैयाँ थपिएको छ । निक्षेप वृद्धिसँगै बैंकहरूले ब्याजदर घटाएर भएपछि कर्जा प्रवाहमा जोड दिएका छन् ।  बैंकहरूसँग लगानीयोग्य रकम (तरलता) अधिक भएपछि उनीहरूले निक्षेप र कर्जाको ब्याजदर घटाइरहेका छन् । कात्तिक २४ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३५ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधान छ । यसअनुसार उनीहरूसँग अझै ४ खर्ब ९३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ । यसैगरी दशैं, तिहारलगायत चाडपर्वका लागि बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकमा नै फर्किएको छ ।  दशैं बिदापछि बैंक, वित्तीय संस्थामा ४८ अर्ब रुपैयाँ थपिएपछि निक्षेप दशैंअघिकै अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार कात्तिक २४ गतेसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यस दिनसम्म वाणिज्य बैंकहरूको निक्षेप ५२ खर्ब ३२ अर्ब रुपैयाँ पुग्दा विकास बैंक र फाइनान्स कम्पनीमा ६ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप कायम भएको छ ।  असोज मसान्तमा वित्तीय प्रणालीमा कुल ५९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थियो । दशैंमा बैंकबाट निक्षेप बाहिरिँदा कात्तिक ९ गते निक्षेप घटेर ५८ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको थियो ।  दशैं बिदापछि भने बैंकमा लगातार निक्षेप बढ्न थालेको हो । दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको र उक्त रकम प्रणालीमा फर्किएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । तर, तिहार र छठपर्वका लागि पैसा झिक्नेहरू बढ्दा बैंकको निक्षेप घटेको छ । कात्तिक २३ गतेको तुलनामा २४ गते बैंकहरूको निक्षेप ३ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय विप्रेषण आप्रवाह बढ्दा बैंकहरूको निक्षेपमा सकारात्मक प्रभाव देखिएको छ । असोजमा मात्र १ खर्ब ३६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो । यो एकै महीनामा भित्रिएको हालसम्मकै उच्च रकम हो । यसैगरी पर्यटकबाट हुने सेवा आम्दानीसमेत वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । बैंकहरूसँग अधिक तरलता भएपछि अन्तरबैंक कारोबार र टे्रजरी बिल्सलगायत अल्पकालीन ब्याजदर पनि न्यून विन्दुमा झरेको छ । कात्तिक २४ गते औसत अन्तरबैंक ब्याजदर २ दशमलव ८० प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

'बैंकले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन'

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्। शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपीभन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए। उनले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएक

२२७ अर्ब निक्षेप हुँदा १०१ मात्र कर्जा प्रवाह

पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहे पनि निजी क्षेत्रबाट कर्जाको माग न्यून देखिएको छ । बैंकहरूमा तरलता सहजता हुँदै जाँदा कर्जा प्रवाह त्यसैअनुसार बढ्नुपर्नेमा न्यून देखिएको हो । करिब एक वर्षसम्म लगानीयोग्य रकम अभावमा बैंकहरूले कर्जा प्रवाह गर्न सकेका थिएनन् । कतिपय अवस्थामा कर्जाको माग भए पनि दिन नसक्दा बैंकर्ससँग निजी क्षेत्रले […]

अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित

सात वर्षअघि सुरु गरिएको ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित भएको छ । सरकारले अनुदानबापतको ब्याज रकम दिन नसक्ने अवस्था सिर्जना भएपछि बैंक तथा वित्तीय संस्थाहरूले अघोषित रूपमा...

डेढ महिनादेखि बैंकको कर्जा प्रवाह बन्द

लमजुङका बैंकहरुमा डेढ महिना अघिदेखि कर्जा प्रवाह बन्द भएसँगै सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।गत कात्तिक १७ गतेदेखि बन्द भएको कर्जा प्रवाह पुस महिना लाग्दासम्म नखुल्दा जिल्लाका व्ययवसायीसँगै सर्वसाधारण पनि समस्यामा परेका हुन् । जमिन, घर तथा सुन धरौटीमा राखेर ऋण दिँदै आएका बैंकहरुले पछिल्लो डेढ महिनादेखि ग्राहकलाई ऋण दिन बन्द गरेका हुन् । अनिश्चित […]

आठ सय ६७ जना व्यवसायीलाई निब्र्याजी कर्जा प्रवाह

गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीहरुको उत्थानका लागि ल्याएको व्यावसायिक जीवन रक्षा कोष (निब्याजी कर्जा प्रवाह) कार्यक्रमबाट प्रदेशका ८ सय ६७ जना लाभान्वित भएका छन् ।प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको उक्त कार्यक्रमअन्र्तगत गत भदौ तेस्रो सातासम्मको तथ्यांक अनुसार प्रदेशका ८ सय ३७ जना व्यवसायीलाई निब्र्याजी कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंक पोखरा […]

आन र मुक्तिनाथ विकास बैंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौँ– नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थालाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ। आनका हाल डेढ […]

निषेधाज्ञापछि बैंकहरूको निक्षेप बराबर नै कर्जा प्रवाह

निषेधाज्ञापछि पनि बैंकहरुमा संकलन भएको निक्षेप बराबर नै कर्जा प्रवाह भएको पाइएको छ।

निषेधाज्ञापछिको दुई सातामा १७ अर्ब कर्जा प्रवाह

नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख १७ देखि ३१ गतेसम्म १७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। सोही अवधिमा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

बैङ्कमा बढ्यो कर्जा प्रवाह

पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुुगेको छ । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी हटाइएयता अर्थतन्त्रले सकारात्मक सूचक देखाउन थालेको हो । निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थाल...

फागुनको पहिलो साता पनि निक्षेपभन्दा कर्जा प्रवाह उच्च

फागुनको पहिलो साता पनि बैंकहरुमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह धेरै देखिएको छ। फागुन १ देखि ७ गतेसम्म १८ अर्ब निक्षेप संकलन हुँदा १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।