बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम सङ्कलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो । कथावाचानको पहिलो दिन शनिबारदेखि उल्लासपूर्ण सहभागितामा सहयोग सङ्कलन सुरु भएको आश्रमले जनाएको छ । शनिबारमात्र आश्रम निर्माणका लागि ५५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । […]
कृषि तथा पशुपन्छी विकास डा. मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढंगले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ताहरूले नेपालको परराष्ट्र नीति र कूटनीतिक नेतृत्वमा सुधारको आवश्यकताका विषयमा छलफल गरेका छन्।
काठमाडौं ।गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेमा माइक्रोबस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्। भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएकाे हाे । दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको […]