कर्णालीबाट ६ अर्बभन्दा बढीको पशुपंक्षी तथा कृषि उपज निर्यात

कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब भन्दा बढी मूल्य बराबरको पशुपंक्षी तथा कृषि उपज निर्यात भएको छ ।

सम्बन्धित सामग्री

कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित

महोत्तरी, ५ चैत । महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । “न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भने, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो […]

सिन्धुलीको कृषि उपज बजारका २५ वटा सटर खाली

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कृषि उपज बजार समितिका २५ वटा सटरहरु खाली भएका छन् । संघीय सरकार मातहत रहेको बागमती प्रदेशको एक मात्र कृषि उपज बजार समितिले संचालन गरेको कृषि बजारका २५ वटा सटरहरुमा कृषि उपजका सामग्री बिक्री वितरण गर्ने व्यापारी नहुँदा भाडामा लाग्न कठिनाई भएको हो । सरकारले कृषि उपज बजारहरुमा व्यवसाय संचालन […]

स्थानीय तहमा अब कृषि उपज खरिद–बिक्री केन्द्र

सरकारले सबै स्थानीय तहमा कृषि उपज खरिद–बिक्री केन्द्र स्थापना गर्ने भएको छ । संघीय सरकारको अग्रसरतामा स्थापना हुने कृषि उपज खरिद–बिक्री केन्द्रमा प्रदेश र स्थानीय सरकारको सेयर लगानी रहने जनाइएको छ । संघीय बजेटमा प्रदेश र स्थानीय सरकारको सेयर लगानीसहित प्रदेश र स्थानीय तहमा कृषि उपज खरिद–बिक्रीको कार्य समेत गर्ने गरी शाखा विस्तार गरिने उल्लेख […]

कृषि मन्त्रीले संसदलाई जानकारी गराए कृषि उपज आयातको विवरण

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले प्रतिनिधिसभा सदस्यहरुलाई कृषि उपज आयातको विवरणबारे जानकारी गरएका छन् । प्रतिनिधिसभा सदस्यहरुले आगामी आर्थिक बर्षका लागि सरकारले कृषि मन्त्रालयतका लागि विनियोजन गरेको बजेट शीर्षकमाथि गरेका प्रश्नहरुको जवाफ दिँदै उनले आयातको विवरण सुनाएका हुन् । मन्त्री यादवका अनुसार केही वर्ष यता निरन्तर धानउत्पादन र […]

कृषि उपज आयातलाई ३० प्रतिशतले घटाइने

काठमाडौँ। सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।

चितवनको खैरहनीमा कृषि उपज बजार

चितवन (अस) । चितवनको खैरहनी नगरपालिकाले कृषि उपज तथा पशुपन्छी बजार सञ्चालनमा ल्याएको छ । यसअघि नै निर्माण सम्पन्न भए पनि कोरोना लगायत कारणले सञ्चालनमा ढिलाइ भएको  थियो । फलफूल तथा तरकारी मूल्य विकास श्रृंखला आयोजना, घरेलु तथा साना उद्योग कार्यालय र नगरपालिकाको लागत साझेदारीमा कृषि उपज तथा पशुपन्छी बजार सञ्चालनमा ल्याइएको हो । नगरपालिका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालका अनुसार कृषि उपज केन्द्र निर्माणमा आयोजनाको २० लाख, घरेलु उद्योग कार्यालयको १० लाख र नगरपालिकाको २७ लाख ४१ हजार रुपैयाँ लगानी भएको छ । किसानले उत्पादन गरेका कृषि उपजको विक्रीवितरण सहज बनाउने उद्देश्यले कृषि उपज बजार सञ्चालनमा ल्याइएको हो । बजारले कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरण र मूल्यमा एकरूपता कायम राख्न सघाउ पुग्ने अपेक्षा नगरपालिकाको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले किसानलाई प्रत्यक्ष फाइदा पुग्नेगरी कृषि तथा पशुपालन बजार सञ्चालनमा ल्याइएको बताए । खैरहनीमा नगरपालिकाको तरकारी संकलन समेत यहाँबाट हुनेछ । कृषि बजार उद्घाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले नेपालमा खोलिएका कृषि उपज केन्द्र अन्य प्रयोजनका लागि प्रयोग भइरहेकाले यसबाट सचेत हुन नगरपालिकालाई आग्रह गरे । केन्द्रमा ४६ ओटा स्टल र ६ ओटा सटर छन् । उपज केन्द्र प्रत्येक साताको सोमवार र बिहीवार मात्र सञ्चालनमा ल्याइनेछ । ६ ओटा सटर भने नियमित सञ्चालन गर्ने तयारी छ ।

म्याग्दीमा कृषि उपज केन्द्र निर्माण

म्याग्दी । म्याग्दीमा यो वर्ष चार कृषि उपज र आलु संकलन केन्द्र भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा तीन र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत एक कृषि उपज संकलन केन्द्र निर्माण गरिएको हो । दुई कृषि उपज र दुई आलु संकलन तथा भण्डारणका लागि भवन निर्माण गरिएको हो ।      कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–४ बास्कुनामा कृषि उपज, रघुगंगा गाउँपालिका–६ ठाडाखानी र वडा–८ घ्याँसीखर्कमा आलु संकलन केन्द्र भवन निर्माण गरिएको कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पूर्वाधार विकास कार्यालयको सहयोगमा कृषिउपज संकलन केन्द्र भवन निर्माण गरिएको हो । ‘गाउँका किसानले थोरै थोरै मात्रामा उत्पादन गरेका कृषि उपज केन्द्रमा संकलन गरेर बजार पठाउन सहयोग पुगोस् भनेर संकलन केन्द्र बनाएका हौं’,  कृषि प्रसार अधिकृत पाण्डेले भने, ‘आलुको बिउलाई सुरक्षित रूपमा भण्डारण गरेर गुणस्तरीय बनाउन बिउ भण्डारण केन्द्रले सहयोग पुग्छ ।’     सुन्तला, दूध र तरकारी खेतीको पकेट क्षेत्र बास्कुनामा कृषि उपज संकलन निर्माणका लागि केन्द्रले ७ लाख ७४ हजार अनुदान सहयोग गरेको थियो । दुई कोठे भवनमा तरकारी तथा दूध संकलन गरेर बजार पठाउने र बजारबाट ल्याइने बिउ, मल भण्डारण गरेर राख्ने गरिएको बास्कुना कृषि सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताए । यसैगरी आलु पकेट क्षेत्र ठाडाखानीमा दुई कोठे आलु बिउ संकलन र भण्डारण भवन बनाउन केन्द्रले ५ लाख ९९ हजार ४ सय रुपैयाँ सहयोग गरेको छ । करिब दस हजार किलो आलुको बीउ भण्डारण गर्न सकिने दुई कोठे भवन बनाइएको ठाडाखानीको भीरकुना किसान समूहका अध्यक्ष भमाया बुढाथोकीले जानकारी दिए ।     झिंखानी व्यावसायिक कृषि उपज उत्पादन केन्द्र (ब्लक) आयोजना सञ्चालक समितिले घ्याँसीखर्कमा १४ मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको आलु संकलन केन्द्रको भवन बनाएको छ । ८ लाखको लगानीमा निर्माण गरिएको भवनमा स्थानीय किसानले उत्पादन गरेको आलु संकलन गरेर बजार पठाउने व्यवस्था मिलाइने समितिले जनाएको छ । यसैगरी तरकारी र आलुको पकेट क्षेत्र मानिएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १०  लाख सहयोगमा कृषि उपज संकलन केन्द्रको भवन निर्माण गरिएको छ । मनिबराह बहुउद्देश्यीय किसान समूहका अध्यक्ष लोकबहादुर पूर्जाले दुई तले भवन निर्माण गरिएको जानकारी दिए । रासस

म्याग्दीमा कृषि उपज केन्द्र निर्माण

म्याग्दी । म्याग्दीमा यो वर्ष चार कृषि उपज र आलु संकलन केन्द्र भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा तीन र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत एक कृषि उपज संकलन केन्द्र निर्माण गरिएको हो । दुई कृषि उपज र दुई आलु संकलन तथा भण्डारणका लागि भवन निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–४ बास्कुनामा कृषि उपज, रघुगंगा गाउँपालिका–६ ठाडाखानी र वडा–८ घ्याँसीखर्कमा आलु संकलन केन्द्र भवन निर्माण गरिएको कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पूर्वाधार विकास कार्यालयको सहयोगमा कृषिउपज संकलन केन्द्र भवन निर्माण गरिएको हो । रासस

धरान र ढल्केवर कृषि उपज बजारमा माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा

काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्कले ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोर्ड सेवा संचालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गरे । उक्त क्यूआर कोर्ड सेवा सुरु भएसँगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताल

धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सञ्चालनमा

माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलवार नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले सो हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त क्यूआर कोड सेवा शुरू भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।