ओली भने एमालेको अध्यक्षकै रूपमा सक्रिय छन्। उनले विभिन्न राजनीतिक भेटवार्ता र संवादहरूलाई निरन्तरता दिएकै छन्। सामाजिक सञ्जालमा देउवा–ओलीको यो भेटलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको पनि छ।
धरान- भदौ २३ र २४ गतेको जेन-जी आन्दोनपछि उदाएका नयाँ शक्ति एकै ठाउँ उभिएर चुनावमा जाने सम्भावना कमजोर हुँदै गएको छ। २०७९ को चुनाव लडिसकेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृतिसहितका नयाँ दल मिल्ने अपेक्षा धेरैको थियो । तर त्यसको ठिकविपरीत पुराना भनिएका नेपाली कांग्रेस […]
कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माण शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धार्मिक वन रहेको वीरेन्द्रनगर नगरपालिका–११ स्थित चारकुने क्षेत्रमा उक्त भवन शिलान्यास गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री कँडेलले मानवसेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा सामुदायिक सहभागिता र सहयोगका लागि आग्रह गरे । […]
एस्प्रेसो खिचेर प्रकाशित गर्ने बेलामा सम्पादकीय टोलीले ताजा तस्वीर फेला पार्यो– शेरबहादुर देउवा र केपी शर्मा ओलीको ।
ओली पत्नी राधिकासहित शुक्रबार अपराह्न देउवाको महाराजगन्ज निवास पुगेका हुन् । जेनजी आन्दोलनअघिसम्म आलोपालो सत्ता सहकार्यमा रहेका देउवा …
काठमाडाैं। मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुत्त हुनुभएको छ। ६ दलीय गठबन्धनको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीमा नियुत्त गर्नुभएकको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री यादवलाई नियुक्त गरिएको छ। नेापली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतानित्र समाजवादी पार्टी […]