म अध्यक्ष निर्वाचित भएमा नाडालाई नवीन सोचका साथ अगाडि बढाउनेछु– करण चौधरी [अन्तर्वार्ता]

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को निर्वाचन आगामी मंसिर २२ र २३ गते काठमाडौंमा हुँदैछ ।  २ वर्षीय कार्यकालका लागि यस निर्वाचनबाट नाडाले नयाँ नेतृत्व पाउने छ ।  नयाँ नेतृत्वका लागि सुजुकी कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प तथा सीजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  उनको उम्मेदवारी घोषणासँगै नाडाको कार्यकाल युवा पुस्ताले हाँक्ने चर्चा चल्न थालेको छ ।  यसबीचमा नाडाको अध्यक्षका प्रत्यासी करण चौधरीसँग लोकान्तरले उनको ...

सम्बन्धित सामग्री

नाडाको अध्यक्षमा करण चौधरी निर्वाचित

काठमाडाैँ-  नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन नाडाको अध्यक्षमा करण चौधरी निर्बिरोध निर्वाचित भएका छन्। चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन थियो। चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुन। अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी, सि.जी.होल्दिन्ग्सका कार्यकारी निर्देशक हुन्। सि जी.होल्दिन्ग्सका अन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी […]

नाडाको पदाधिकारी चयन, तीन जना सदस्य मनोनित (सूचीसहित)

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियसन अफ नेपालको पदाधिकारीहरुको टुङ्गो लागेको छ । आज भएको कार्यसमिति बैंठकबाट पदाधिकारी चयन भएको हो । करण चौधरी यसअघि नै अध्यक्ष निर्वाचित भएका थिए । संस्थाको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन् । त्यसैगरी एशोसिएसनको उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ निर्विरोध चयन भएका हुन् । यस्तै एशोसिएट उपाध्यक्षमा […]

नाडाको अध्यक्षमा करण चाैधरी निर्विराेध निर्वाचित

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन्। चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन भएसँगै निर्विरोध हुने पक्का भएको थियो। चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुन्। कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेदवारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध भएका थिए। नाडाको […]

नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित, करण चौधरी ६६ मतले पराजित

मंसिर २४ , काठमाडौं । अटो मोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन् ।हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १ हजार ४१३ मत पाएका थिए भने सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १ हजार ३४७ मत पाएका थिए ।  त्यसैगरी सदस्यतर्फ मिलनबाबु मल्ल, अनुपकुमार मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई विजयी भएका छन् । त्यसैगरी निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन् ।

मेरो जित सुनिश्चित छ : करण चौधरी

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरी । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी ध्रुव थापा हुन् । फरक प्यानल नै बनाएर चुनावी सङ्ग्राममा उत्रिएका चौधरी र थापाबीच यसपटक नाडामा निकै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, चौधरी र थापा दुवै अध्यक्षमा आफू नै निर्वाचित हुने दाबी गरिरहेका छन् । अध्यक्ष पदमा दाबेदार चौधरीसँग गरिएको कुराकानी :नाडा अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

नाडा चुनावः सबै मत खसे थापालाई सजिलो, चौधरीलाई मोफसलका व्यवसायीको डर

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५ औँ साधारणसभा बुधबार उद्घाटन हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार (मंसिर २२ गते) उद्घाटन गर्ने साधारणसभाको बन्दसत्र २३ गते हुनेछ । बन्दसत्रले नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले नाडाको यो साधारणसभाको विशेष महत्व छ ।अध्यक्ष कृष्ण प्रसाद दुलालले सहमतिमै नेतृत्व चयन गरेर जिम्मेवारी हस्तान्तरणको लक्ष्य राखेपनि अध्यक्षका प्रत्याशी करण चौधरी र ध्रुव थापाले प्यानल नै बनाएपछि अध्यक्ष दुलालको चाहना सफल हुने सम्भावना करिब करिब सकिएको छ ।कसको सम्भावना कति ?नाडामा निर्वाचन नै भएको खण्डमा पनि शत् प्रतिशत मत खस्ने सम्भावना छैन । किनकी, यसअघि ९६२ सदस्य रहेको नाडामा अहिले ३१ सय बढी सदस्य छन् । सबै सदस्य मतदान प्रक्रियामा भाग लिन आउँछन् भन्न सकिने अवस्था नरहेको नाडाकै पदाधिकारी बताउँछन् । चौधरी समूह कर्पोरेट हाउसको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको छ भने थापा समूह मोफसलका साना मझौला व्यवसायीको प्रतिनिधित्व गर्दै पश्चिमाञ्चल अटोमोबाइल्स एसोसियसन (वाडा) बाट चौधरीलाई चूनौति दिन मैदानमा आएको छ ।काठमाडौँ र बाहिरका पनि ठूला व्यवसायिक घरानाका डिलर्सहरु सबैले चुनाव भएको अवस्थामा मतदानमा भाग लिने सम्भावना बढी हुन्छ । चौधरीकै कम्पनीका डिलर्सहरु पनि धेरै भएको र उनलाई साथ दिएका कर्पोरेट हाउसहरुका पनि आ–आफ्नै डिलर्स धेरै भएकाले त्यहाँका प्रतिनिधिहरु चौधरीलाई नै मतदान गर्न काठमाडौँ आईसकेको स्रोत बताउँछ ।काठमाडौँ भित्रका सदस्यहरु ७० प्रतिशत बढी चौधरीको समर्थनमा रहेको चौधरीको विपक्षी टिमले पनि स्वीकार गरेको विषय हो । अर्कोतर्फ, काठमाडौँ बाहिरबाट सबै सदस्य नआउँदा चौधरीलाई नै फाइदा पुग्ने सदस्यहरु बताउँछन् । किनकी, ध्रुव थापाको मत काठमाडौँ बाहिर (जहाँ अत्याधिक बाहुल्य सदस्यहरु छन्) बाक्लो छ । काठमाडौँभित्र चौधरीको ७० प्रतिशत मत भएजस्तै काठमाडौँ बाहिर भने थापाको त्यो तहको मत रहेको बताइन्छ । मोफसलका व्यवसायीहरुको ‘सेन्टिमेट’को मत पनि थापाकै भएकाले सबै सदस्य आएर मतदान गर्ने हो भने चौधरीलाई हराएर थापाले जित्ने सम्भावना बढी रहेको स्रोतले दाबी गरेको छ ।ठूला व्यवसायीहरु चौधरीको पक्षमा देखिएपनि साना व्यवसायीको मत निर्णयक हुने भएकाले थापा नै निर्वाचित हुने र पहिलो पटक नाडाले मोफसलबाट नेतृत्व पाउने अपेक्षा थापा समूहमा खुलेका सदस्यहरुको छ । उता चौधरी समूहबाट उम्मेदवार समेत रहेका नाडाका वर्तमान महासचिव सुनिल रिजाल आफूहरुको ‘प्यानल’ नै विजयी हुने दाबी गर्छन् ।कसको मत कति ?करण चौधरी समूहले सुरुमा आफूहरुसँग ७० प्रतिशत मत रहेको र प्रत्याशी समूहले जम्मा ३० प्रतिशत मात्रै मत बोकेर नेतृत्व दाबी गरिरहेको बताएको थियो । तर, अहिले अवस्था फेरिएको छ । चौधरी समूहबाट उम्मेदवार बनेकाहरु नै थापा समूहले ४५ प्रतिशत मत आफ्नो पक्षमा पुर्याएको ‘रिपोर्टिङ’ गर्न थालेका छन् ।‘हामीले ६० प्रतिशत मत ल्याउँछौँ भन्ने थियो, तर चुनावसम्म उहाँहरुको ४५ प्रतिशत पुग्ने देखियो’ चौधरी समूहका एक सदस्य भन्छन्, ‘चुनाव त हामी जित्छौँ नै, तर मतान्तर खासै धेरै हुने देखिएको छैन ।’तर, थापा भने यसमा कुटनीतिक जवाफ दिन्छन् । बिजपाटीले ‘तपाईहरुको पक्षमा कति प्रतिशत मत छ भन्ने अनुमान गर्नुभएको छ ?’ भनेर सोध्दा थापाले आफ्ना प्रत्याशी समूहले यसअघि भनेको कुरा स्मरण गर्छन् ।‘उहाँहरुले सुरुमा ७० प्रतिशत हाम्रो भन्नुहुन्थ्यो, अहिले ५५ प्रतिशत मात्रै छ भन्न थाल्नु भएको छ, चुनावसम्म उहाँहरुले आफ्नो भनेको जति हाम्रो हुन्छ, अहिले हाम्रो ४० देखि ४५ प्रतिशत मात्रै देख्नुभएको छ, त्यो चुनावमा उहाँहरुले आफूले पाउने मत भन्नु भएको हो’ थापा भन्छन् ।अर्कोतर्फ, दुबै समूहले सदस्यहरुलाई फोन गरेर मत माग्न सचिवालय नै बनाएका छन् । थापा आफैँ सदस्यसँग कुराकानी गर्छन् भने चौधरीले आफ्ना कर्मचारीलाई कुरा गर्न लगाएका छन् । यसले पनि चौधरीप्रति साना व्यवसायी खुशी छैनन् ।

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका लागि अर्का प्रतिस्पर्धी ध्रुव थापा नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायी छन् । थापालाई साना व्यवसायीको साथ छ । अहिले दुवै समूह चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् । त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिका लागि आफूहरू तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार÷प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए । खासगरी चौधरी आफ्नै नेटवर्क भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था छ । हाल नाडामा रहेका धेरै पदाधिकारीले पनि चौधरीलाई साथ दिने देखिएको छ । नाडाका सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरीलगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाउने भएका छन् । यस्तै मोफसलबाट व्यवसाय गर्दै आएका अध्यक्षका अर्का दाबेदार ध्रुव थापालाई सानादेखि ठूला व्यवसायीको साथ र समर्थन छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनको प्यानलमा छन् । उनी नेपालका लागि फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् । यसैगरी नेपाल रिकन्डिसन एशोसिएशनका अध्यक्ष बीएन पाठक, सत्यदीप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको प्यानलमा समेटिएका छन् । थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन छ । नाडाका ३ हजार ३ सय ६५ जना सदस्य छन् । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार आठ संस्थागत एशोसिएशनका अध्यक्षले केन्द्रीय कार्यसमितिमा स्वतः प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । करण चौधरीको प्यानलका उम्मेदवार अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, नीलमणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, सुनिल रिजाल, राजनबाबु श्रेष्ठ, अभिक ज्योति र मिलनबाबु मल्ल, वर्ण न्यौपाने र देवराज भण्डारी ध्रुव थापाको प्यानलका उम्मेदवार आकाश गोल्छा, दीपक अग्रवाल, अमरज्योति रञ्जित, बीएन पाठक, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, ऋद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतान ।

नाडा निर्वाचनमा चौधरी र थापाको प्यानलः कुन समूहमा को को छन् उम्मेद्वार ?

अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका अध्यक्षमा करणकुमार चौधरी र ध्रुव थापाबीच प्रतिस्पर्धा हुँदैछ । मंसिर २२ र २३ गते हुने ४५ औँ साधारणसभा र निर्वाचनले नाडाको अध्यक्षसहित १७ सदस्य निर्वाचित गर्नेछ । नाडामा ३१ सय हाराहारीमा सदस्य छन् ।चौधरी समूहका पदाधिकारी र सदस्यकरण चौधरी समूहले करिब करिब पदाधिकारी पनि टुंगो लगाएको छ । महासचिवमा २ कार्यकाल बिताईसकेका सुनिल रिजाल (वर्तमान महासचिव) उपाध्यक्ष बन्ने टुंगो लागेको छ । अब २ वर्षपछि हुने अर्को चुनावी साधारण सभामार्फत अध्यक्ष बनाउने भनिएका राजनबाबु श्रेष्ठ पनि उपाध्यक्ष बन्ने भएका छन् ।महासचिवमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) को करिब करिब टुंगो लागेको छ । २ कार्यकाल सचिव भईसकेका अनुप बराललाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल जारी छ । उनी अब विधानकै कारण सचिव बन्न नपाउने भएपछि उनले पनि महासचिवमा दाबी गरेका छन् । करण चौधरी समूह स्रोतका अनुसार विधानमा भएको व्यवस्था अनुसार नै उनलाई सचिवबाट नघट्ने गरी पदाधिकारीमा सुनिश्चित गरिने छ ।कोषाध्यक्ष र सह–कोषाध्यक्षमा निशान ढकाल र अभिक ज्योतिको चाहना छ । प्रकाश कपुरी गत साधारणसभामै अध्यक्षको दाबेदार भएकाले उनलाई सम्मानजनक समितिको नेतृत्व दिने तयारी चौधरी समूहको छ । यसपटक पनि संगठन विस्तार समितिको सभापति रहेर कपुरीले ९ सय सदस्य रहेको नाडामा ३१ सय सदस्य पुर्याउन महत्वपूर्ण भूमीका खेलेकाले उनले संस्थालाई पर्याप्त समय दिन सक्ने देखिएकाले यसपटक पनि कपुरीलाई महत्वपूर्ण समितिको नेतृत्व दिने तयारी चौधरी समूहले गरेको बुझिएको छ ।यी बाहेक, मिलनबाबु मल्ल, बिक्रम सिंहानिया, अभिमन्यु गोल्छा र बरदान बस्नेत पनि टिममा छन् ।थापा समूहका पदाधिकारी र सदस्यध्रुव थापा समूहलाई लक्ष्मी हुण्डाईका निराकार श्रेष्ठ, फोर्ड मोटर्सका आकाश गोल्छा, हिट्को प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान, जगदम्बा मोटर्सका दीपक अग्रवाल र सञ्जय खेतानको साथ छ ।थापा समूहबाट चुनाव लड्नेमा आकाश गोल्छा, अमर रन्जित, निराकार श्रेष्ठ, दिपेन्द्र मिश्र, रिद्धि कार्की, दिपक अग्रवाल, नवराज भुसाल, प्रदिप मान, प्रकाश सिग्देल, राजन पौडेल, सगुन कंसाकार, सञ्जय खेतान, सुवासिस थपलिया, यमुना श्रेष्ठ, कपिल सिवाकोटी र बि.एन. पाठक छन् ।उनीहरु अहिले सदस्यमा निर्वाचन लड्ने र निर्वाचन जितेपछि सहमतिमा पदाधिकारी टुंगो लगाउने थापा समूहको योजना छ ।लभिमन्यु गोल्छा र निशान ढकाललाई दुबै समूहले आफ्नो समूहमा रहेको बताउँदै आएका छन् ।