नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि सुरु हुने भएको छ । कमर्स मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा विहान ११ वजे उद्घाटन गर्ने छन् ।कोभिड–१९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो । संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनहरुको प्रवर्द्धन गर्न चेम्बरले पाँचौ अन्तर्राष्ट्रिय एक्स्पो गर्न लागेको हो । पाँचौ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्य