'चेम्बर एक्स्पो २०२२' भृकुटीमण्डपमा सुरु

'नेपाल चेम्बर एक्स्पो २०२२' काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । पाँचौँ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

सम्बन्धित सामग्री

सकियो चेम्बर एक्स्पो, ४० हजारले गरे अवलोकन

२९ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको ‘चेम्बर एक्स्पो-२०२४’ सम्पन्न भएको छ । २४-२८ फागुनसम्म सञ्चालन भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय वस्तुहरु प्रर्दशनीमा राखिएका थिए । एक्स्पोको ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक सुस्तताकाबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष […]

नेपाल चेम्बर एक्स्पो २०२२ आजदेखि

नेपाल चेम्बर अफ कमर्शले नेपाल चेम्बर एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । चेम्बरले बुधबार पत्रकार सम्मेलन गरेर २ देखि ६ असारसम्म काठमाडौंमा एक्सपो आयोजना गर्न लागेको जनाएको हो ।निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य रहेको चेम्बरले जनाएको छ । पछिल्ला चार संस्करणहरूको सफलतापूर्वक आयोजना […]

‘चेम्बर एक्स्पो २०२२’ भृकुटीमण्डपमा शुरु

काठमाडौं– नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरे । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको धारणा राखे । स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा […]

चेम्बर एक्स्पो भृकुटीमण्डपमा शुरु

नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरेका हुन्। पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताए ।स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । ‘निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागित र सहकार्य विना सम्भवन हुँदैन, उनले भने ‘निकासी प्रर्वद्धन गर्दै व्यापार घाटालाई वान्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।’नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रर्दशनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याउने प्रधानमन्त्री देउवाले बताए । एउटै प्रर्दशनीमा धेरै किसिमका वस्तुहरु अवलोकन तथा खरिद बिक्री गर्न पाईने भएकाले उपभोक्ता तथा अवलोकनकर्तालाई प्रत्यक्ष फाईदा पुग्ने देउवाको भनाई छ । मुलुकको उद्यमशिलता विकास तथा निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसंग संधै हातेमालो गरेर अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाए ।चेम्बर एक्स्पोले वस्तुहरुको बजारीकरण र उपभोक्ताबीचको रुचि र प्रवृत्तिलाई तालमेल पु¥याउन सक्नेमा समेत प्रधानमन्त्री देउवाले जोड दिए । यस्तै एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने र उद्यमी व्यवसायीलाई आफ्नो बस्तुको बजार बिस्तार गर्न सहयोग पु¥याउनेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ पछिको असहज परिस्थितीकाबीच चेम्बर एक्स्पो गरिएको बताए । मुलुकको आर्थिक गतिविधीलाई चलायमान बनाउन पनि एक्स्पोले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाई छ ।सन् २०१५ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको चेम्बर एक्स्पो कोभिड १९  महामारीका कारणले पछिल्ला केही वर्ष स्थगित गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको अध्यक्ष मल्लले बताए । उनले भने , ‘एक्स्पोलाई चेम्बरले  अवदेखि नियमित वार्षिक कार्यक्रमका रुपमा निरन्तरता दिने पनि  निवेदन गर्दछु ।’ मुलुक भित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका ब्यापार मेला तथा प्रदर्शनीहरुले नवीनतम प्रविधि, उत्पादन,  उपभोक्ताको चाहना एवं वजारिकरण आदि आर्थिक तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष  अवलोकन गर्न सकिने हुनाले चेम्बर एक्स्पोहरुले स्वदेशी उद्यमी व्यवसायी एवं आम उपभोक्ताहरुको लागि अत्यन्तै उपयोगी हुने अध्यक्ष मल्लको भनाई छ । मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास  गरिएको छ ।मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिवुटी जन्य बस्तुहरु,  इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।

चेम्बर एक्स्पो २०२२ सुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरे । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताए ।स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवर्द्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरे । ‘निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक

चेम्बर एक्स्पो आजदेखि

काठमाडौं, असार २ । ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आजदेखि सञ्चालन हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स्पो आयोजना गर्न लागेको हो । ६ असारसम्म चल्ने एक्स्पोको मुख्य उद्देश्य निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण लगायत रहेको चेम्बरले जानकारी दिएको छ । काठमाडौंको […]

नेपाल चेम्बर एक्स्पो २०२२ आजदेखि

आजदेखि नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एक्सपो असार ६ गतेसम्म भृकुटीमण्डमा हुने भएको हो ।  मेलामा कुल एक सय ५० वटा स्टल रहने जनाइएको...

बिहीवारदेखि भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो २०२२’ हुने

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि शुरु हुँदैछ । मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा बिहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । कोभिड–१९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो । संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनहरुको प्रर्वद्धन […]

चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा बिहिबारबाट

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि सुरु हुने भएको छ । कमर्स मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा विहान ११ वजे उद्घाटन गर्ने छन् ।कोभिड–१९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो । संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनहरुको प्रवर्द्धन गर्न चेम्बरले पाँचौ अन्तर्राष्ट्रिय एक्स्पो गर्न लागेको हो । पाँचौ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्य

असार २ गतेदेखि ‘नेपाल चेम्बर एक्स्पो २०२२’

नेपाली उत्पादनहरूको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिँदै पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना गरिने भएको छ।...