काठमाडौं उपत्यकामा २५ जनासम्मको गोष्ठी, सेमिनार, बैठक गर्न पाइने

काठमाडौं। आजबाट काठमाडौं उपत्यकामा २५ जनासम्मको भौतिक उपस्थितिमा गोष्ठी, तालिम, सेमिनार र बैठकको आयोजना गर्न पाइने भएको छ। “गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भुर्चअल माध्यमबाट गर्ने। भौतिकरुपमा उपस्थित भई गर्ने पर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गर्ने गरी संचालन गर्ने”, निषेध आदेशमा भनिएको छ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो

लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ। विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेंगुज्वरोका बिरामी बढिरहेका छन्।

काठमाडौं उपत्यकामा अब फिल्म हल खोल्न पाइने

कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक' का लागि भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बुधबारको बैठकले यसअघि जारी गरिएका अधिकांश निषेधका प्रावधानहरु हटाउने निर्णय गरेको छ।

काठमाडौं उपत्यकामा विद्यालयबाहेक सवै चल्न पाउने

भोलिदेखि काठमाडौं उपत्यका विद्यालय बाहेकका सवै गतिविधि सञ्चालन गर्न पाइने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्दै स्कुलबाहेक सवै क्षेत्र सञ्चालन गर्नेगरी निर्णय गरेको हो। भदौं...

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । साउन ११ देखि साउन २० सम्म निषेधाज्ञा थप गरिएको हो ।  यस अवधिमा सभा सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद, भीडभाड हुने कार्यक्रमहरू सञ्चालन गर्न पाइने छैन ।  त्यस्तै खुला स्थानमा भेला, भीडभाड गर्न, सभा, जुलुस, महोत्सव, भोजभतेरलाई पनि निषेध गरिएको छ ।  पुजारीबाट हुने नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने, शैक्षिक सं...

निषेधाज्ञामा यी कुरा गर्न अझै १० दिन पाइने छैन

काठमाडौं।काठमाडौं उपत्यकामा निषधाज्ञा थप खुकुलो बनाइएपनि अझै केही कुरा गर्न भने निषेध नै गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेश अनुसार सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल,मनोरञ्जन स्थल अझै खोल्न पाइने छैन। सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल,जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद, जात्रा,महोत्सव, भोज भतेर गर्न पनि पाइने छैन।

काठमाडौं उपत्यकामा अझै एक साता यी कार्य गर्न पाइने छैन

काठमाडौं। स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा भोलीदेखि एक साता निषेधाज्ञा थप गर्दै केही कार्य गर्न बन्देज लगाइएको छ। “सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरु भीडभाड हुने अन्य कार्यक्रम गर्न नपाउने,”आज जारी निषेधाज्ञामा भनिएको छ।

काठमाडौं उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्न पाइने

२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा अब बिहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । ‘आम नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी बिहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने […]

काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म मात्रै खाद्य पसल खोल्न पाइने, बेलुका नपाइने

काठमाडौं उपत्यकामा खाद्यान्न पसलहरू बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ ।  मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीयो)हरूको संयुक्त बैठकले बिहान ९ बजेसम्म मात्रै पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।  यस अघि काठमाडौं उपत्यकामा बिहान र बेलुका दुई पटक पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । कोरोना संक्रमणको दर बढ्दै जाँदा सीडीयोहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले जारी निषधाज्ञालाई थप एक साता लम्ब्याउने निर्णय समेत गरेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि निषेधाज्ञा (सूचनासहित)

काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञाको सूचना जारी गरिएको छ। सोमबार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म लागू हुनेछ ।निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न पाइने छैन ।(हेर्नुहोस् सूचना)