आयात प्रतिबन्धविरुद्ध अटोमोबाइल्स व्यवसायी

सवारी आयात प्रतिबन्ध र बैंक ब्याजदरको चपेटामा परेको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारको नीतिले व्यवसाय गर्न कठिन भएको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

प्रतिबन्ध खुलेपछि बढ्यो मदिरा आयात, मासिक औसत २० करोडका दरले बाहिरिँदै

काठमाडौं । सरकारले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध खुला गरेसँगै मदिरा आयात एक्कासि बढेको छ । प्रतिबन्ध खुलेपछिका ४ महीनामा ४ लाख ६८ हजार ६ सय २६ लिटर मदिरा आयात भएको भन्सार विभागले जानकारी दिएको छ । उक्त परिमाणमा मदिरा आयात गर्दा ७९ करोड १७ लाख रुपैयाँ बाहिरिएको छ ।  सरकारले गतवर्ष वैशाख १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरी मदिरालगायत १० विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले आयातमा प्रतिबन्ध लगाएको हो । विदेशी मुद्रा सञ्चिति बढ्दै गएपछि गत पुसबाट आयात प्रतिबन्ध हटाइएको छ । प्रतिबन्ध हटेपछि पुसमा ८ करोड ३२ लाख रुपैयाँको ४० हजार ३ सय ४३ लिटर मदिरा आयात भएको छ । त्यसैगरी माघमा २८ करोड ४६ लाख रुपैयाँको १ करोड २१ लाख ९ सय ८० लिटर, फागुनमा १४ करोड २३ लाख रुपैयाँको ८५ लाख १ सय ५९ लिटर र चैतमा २८ करोड १६ लाख रुपैयाँको २ करोड २१ लाख १ सय ४३ लिटर मदिरा आयात भएको देखिन्छ ।  देशभित्रै पर्याप्त मात्रामा मदिरा उत्पादन भइरहेका बेला विदेशबाट छोटो समयमा ठूलो परिमाणमा आयात भएको घटनाले धेरैलाई चकित बनाएको छ । साथै स्वदेशी मदिरा छोडेर नेपालीहरू किन यति धेरै मात्रामा विदेशी प्रयोग गर्छन् त भन्ने प्रश्न पनि उठेको छ ।  स्वदेशी र विदेशी मदिराको मूल्यमा खासै फरक नहुँदा ग्राहकको प्राथमिकतामा विदेशी परेको हुनसक्ने स्वदेशी भोड्का ब्रान्ड ८८४८ का उत्पादक रवि केसी बताँउछन् । ‘नेपालमा मदिराका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न कानूनी उल्झनका कारण गाह्रो छ । त्यसमाथि सरकारले यसमा लाग्ने अन्तः शुल्कको दर बढाएको छ । यस्तोमा स्वदेशी र विदेशी मदिराको मूल्य उस्ता उस्तै पर्न जान्छ,’ उनले भने ।  मदिरा व्यवसायी केसीका अनुसार अहिले बढी परिमाणमा मदिरा आयात हुनुको कारण धेरै समयदेखि लागेको प्रतिबन्ध पनि हो । फेरि प्रतिबन्ध लाग्न सक्छ भन्ने संशयका कारण आयातकर्ताले व्यापक मात्रामा स्टक गरेको हुन सक्ने उनको भनाइ छ । तर, सरकारी अधिकारीहरू विदेशी मदिराको आयात बढ्नुमा गुणस्तर र ब्रान्डको महत्वपूर्ण भूमिका हुने बताउँछन् । स्वदेशी मदिराले गुणस्तरमा विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्दा र ब्रान्ड पनि त्यो किसिमले स्थापित नभएको नहुँदा विदेशी मदिराको बजार बढ्ने अधिकारीहरूको तर्क छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्त उर्मिला केसी मदिराका लागि आवश्यक कच्चा पदार्थ उत्पादनमा कानूनी जटिलता रहेको विषयमा व्यवसायीले मन्त्रालयसँग छलफल नगरेको बताउँछिन् ।  ‘उद्योगी, व्यवसायीहरूले आपूmलाई परेका समस्याबारे मन्त्रालयमा निवेदन दिनुपर्‍यो । के कारणले समस्या परेको हो, सरकारबाट अपेक्षा के छ र समाधान कसरी हुनसक्छ भन्ने कुरा पनि उद्योगीहरूले खुलाउनुपर्‍यो,’ सहप्रवक्ता केसीले भनिन्, ‘उद्योगीहरूले आप्mना कुरा स्पष्ट रूपमा राखेपछि मन्त्रालयले त्यस विषयमा गहन तरीकाले विचार गर्छ । प्रतिस्पर्धी क्षमता बढाउन सम्भव सबै सहयोग पनि गर्छ ।’ कच्चा पदार्थ र मदिराको उत्पादन तथा बजार विस्तारका लागि अन्ततः उद्योगीहरूले नै बढी मेहनत गर्नुपर्ने सहप्रवक्ता केसीको भनाइ छ ।

गुणस्तरीय सवारीसाधान र पहुँचयुक्त सडकमा जोड

मुलुकलाई अगाडि लानका लागि सबैले व्यक्तिगत स्वार्थ त्यागेर व्यवसाय र उद्योगमैत्री वातावरण बनाउनुको विकल्प छैन । आर्थिक विकासका लागि राजनीतिक दल, कर्मचारी वर्ग, व्यवसायी सबैको सामूहिक प्रतिबद्धता र एकता हुनु आवश्यक छ । अटोमोबाइल क्षेत्रमा इलेक्ट्रिक गाडीबाहेकका अन्य निजी सवारी साधनहरूमा आयात प्रतिबन्ध लगाइएको लामो समय भएको छ । सरकारले यही सातामात्र आयातमाथिको प्रतिबन्ध खुला […]

व्यवसायी आन्दोलनमा उत्रिएपछि गाडी, मदिरा तथा मोबाइलको आयात खुला

व्यवसायीहरूले लामो समयदेखि लगाइँदै आएको आयात प्रतिबन्ध खुला गराउन भन्दै आन्दोलन नै गरको अवस्थामा सरकारले गाडी, मदिरा तथा मोबाइलको आयात खुला गर्ने निर्णय लिएको छ ।

आयात प्रतिबन्धविरुद्ध उत्रिए अटो व्यवसायी

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन आयातमा आठ महिनादेखि लगाएको प्रतिबन्ध खुला नगरेको भन्दै अटो व्यवसायीहरू आन्दोलित भएका छन् । आयात प्रतिबन्ध, ऋण प्रवाहमा कडाइलगायत अमैत्रीपूर्ण नीतिहरूले अटो व्यवसाय धराशायी हुने अवस्था...

आयात प्रतिबन्धविरुद्ध अटोमोबाइल व्यवसायी आन्दोलनमा

१६ मंसिर, काठमाडौं । अटोमोबाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतको माग राखी सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सरकारले अटोमोबाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि […]

सवारी आयात प्रतिबन्ध निरन्तरताप्रति व्यवसायी असन्तुष्ट

सरकारले निजी सवारी साधन आयातमा लगाएको प्रतिवन्धलाई निरन्तरता दिएपछि अटो व्यवसायीले असन्तुष्टि जनाएका छन्।...

आयात प्रतिबन्ध लचिलो

व्यवसायी तथा अन्तर्राष्ट्रिय दबाबका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सरकारले प्रतिबन्ध लगाइएका वस्तुहरुमा केही संशोधन गरेर प्रतिबन्ध कायमै गरेको छ । सरकारले विदेशी मुद्रामा बढी दबाब पार्ने महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मदिराको प्रतिबन्धलाई निरन्तरता दिएको भए पनि चुरोटको आयात […]

आयात प्रतिबन्ध खुले पनि किसान निराश

घट्न थाल्यो उत्पादनको मूल्यमनीषा चम्लागाईं/गोपाल संग्रौलाझापा-नेपालमा उत्पादित मरिच, सुपारी बजारमा निस्किने समयमा सरकारले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि किसान निराश बनेका छन् । कृषिको व्यवसायीकरणलाई सरकारले प्राथमिकता राखेको भनिए पनि आयात खुला गरिएपछि उत्पादनले बजार नपाउने चिन्तामा किसान छन् ।विदेशबाट आयात गर्दा नेपाली उत्पादनले बजार नपाउने कृषकको गुनासो छ । सुपारी व्यवसायी संघ झापाका अध्यक्ष […]