निर्विरोधसहित पाँच पालिकाको नतिजा सार्वजनिक : एमाले र समाजवादी दुई/दुई, कांग्रेस एक ठाउँमा विजयी

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।  एमाले : मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी : डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)  

सम्बन्धित सामग्री

प्‍युठानमा एमाले, कांग्रेस वीपी र जसपाले चुनावी तालमेल गर्ने

२५ कात्तिक, प्‍युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा नेकपा एमाले, कांग्रेस वीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ । शुक्रबार नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजय राज विष्ट, कांग्रेस वीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी […]

कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध एमाले नेतृत्वको अर्को गठबन्धन

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धन चुनावी मैदानमा उत्रने निश्चित भएको छ । उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धन तथा एमाले नेतृत्वमा राजपा र राप्रपाको अर्को गठबन्धन देखिएको छ । जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग मोर्चा कसेको छ । यस्तै जसपा बाहिरिएपछि लोसपा सत्ता गठबन्धनमा मिसिएको छ । सत्ता गठबन्धनमा कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १...

समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य

काठमाडौं, जेठ ९ । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा रहिरहँदा कतिपय जिल्लामा प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्र नै शून्य अवस्थामा पुगेका छन् । हालसम्मको चुनावी परिणामअनुसार एकीकृत समाजवादी ५२ जिल्लामा, माओवादी केन्द्र २६ जिल्लामा, एमाले १० जिल्लामा र कांग्रेस २ जिल्लामा शून्य भएका छन् । आइतबार रातिसम्म विभिन्न जिल्लाका ७ […]

पर्साको बहुदरमाई नगरपालिकामा एमाले, कांग्रेस र जसपाबीच कडा टक्कर

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाको मेयर र उपमेयरमा एमाले, कांग्रेस र जनता समाजवादी पार्टीबीच कडा टक्कर भइरहेको छ। मतगणना सुरु भएको बेलादेखि नै यी तीनै दलका उम्मेदवारबीच कडा टक्कर हुँदै आएको छ। पछिल्लो मत परिणामअनुसार मेयरमा कांग्रेसका उम्मेदवार नितेन्द्र साहले २२८४ मत ल्याएका छन्। उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार सिँगासन साह तेलीले २२१० मतका साथ […]

सुदूरपश्चिम प्रदेशसभा : कांग्रेस–एमाले एक ठाउँमा, सरकारविरुद्ध एक हुने सहमति

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकारविरुद्ध एक भएर जाने सहमति भएको छ। धनगढीमा दुई प्रतिपक्षी दल कांग्रेस र एमालेबीच बुधबार भएको बैठकले यस्तो सहमति गरेको हो। उक्त बैठकबाट आफूहरु सुदूरपश्चिम सरकारको विपक्षमा एक भएर उभिने टुंगोमा पुगेको नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरूले बताएका छन्। केन्द्रमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि सुदूरपश्चिममा कांग

कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

काठमाडौं, चैत ६ । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा […]

देउवा निवासमा कांग्रेस–एमाले नेताहरुको भेटवार्ता जारी, को-को छन् ?

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा (एमाले) का नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठमा छन् । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । त्यसको सन्दर्भमा ओलीले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेको बुझिएको छ । आफूविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल पक्षले […]