धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकारविरुद्ध एक भएर जाने सहमति भएको छ। धनगढीमा दुई प्रतिपक्षी दल कांग्रेस र एमालेबीच बुधबार भएको बैठकले यस्तो सहमति गरेको हो। उक्त बैठकबाट आफूहरु सुदूरपश्चिम सरकारको विपक्षमा एक भएर उभिने टुंगोमा पुगेको नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरूले बताएका छन्। केन्द्रमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि सुदूरपश्चिममा कांग