वालिङ : अविरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन्। स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ। स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, इन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए।बिहीबार दिउसो ३ बजे घरमुनिबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारलाई छिमेकीको घरमा सारिएको उनले बताए। पानी परिरहेकाले थप क्षति हुन नदिन पहिर