सहरी विकास मन्त्री मेटमणी चौधरीले जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा बसपार्कको शिलान्यास गर्दै मन्त्री चौधरीले जनकपुरधामलार्ई पर्यटकीय स्थलको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।जनकपुरधामको मुख्य समस्या फोहर व्यवस्थापन रहेको भन्दै उनले ल्याण्डफिल्ड साइट निमार्णका लागि मन्त्रालयले बजेट बिनियोजन गर्ने बताए । शिलान्यास कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री शत्रुधन महतोले मधेश प्रदेशको राजधानी जनकपुरधाम नगरिलाई धार्मिक