‘बसोबास प्रपर्टी इभेन्ट’ आयोजना गर्दै बसोबास नेपाल

काठमाडौं- घरजग्गा कारोबारमा सहज पुर्याउँदै आइरहेको कम्पनी बसोबास नेपालले ‘बसोबास प्रपर्टी इभेन्ट’ मेला सुरु गर्ने भएको छ। घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला आयोजना गर्न लागेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मेला यही पौष ७ गते होटल हिमालयमा लाग्नेछ।

सम्बन्धित सामग्री

नेपालमै पहिलोपटक पुस ७ देखि बसोबास घरजग्गा मेला हुने

काठमाडौं । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक घरजग्गा मेला आयोजना गर्ने भएको छ । यो मेला पुस ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको सहभागिता रहनेछ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ ।  मेलामार्फत घरजग्गा खरीदकर्ता र ग्राहकलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जानकारी दिएको छ । मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि दिइने छ ।  ‘बसोबास प्रपर्टी इभेन्ट’ले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने बसोबास नेपालका कार्यकारी अधिकृत राजन अधिकारीले बताएका छन् । यसो हुँदा घरजग्गा कारोबारमा संलग्न क्रेता÷विक्रेता, एजेन्ट तथा एजेन्सी सबैमा आशाको किरण छर्ने उनको विश्वास छ ।  ‘बसोबास प्रपर्टी इभेन्ट’मा सहभागीहरूले बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’, बसोबासमा सूचीकरण भएका घरजग्गा र नयाँ प्लटिङहरू, व्यावसायिक भवन, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्यधुनिक सुविधासम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू गरी २५ भन्दा बढी प्रोजेक्टका २ सयभन्दा बढी प्रपर्टीहरूमा छूट बुकिङ गर्न पाउनेछन् । मेलामा समावेश प्रपर्टीहरू उच्च, निम्न र मध्यम सबै वर्गका खरीदकर्ताका लागि उपयुक्त हुने किसिमका छन् ।  मेलामा सहभागी भई प्रपर्टीको छूट बुकिङ गर्ने सेवाग्राहीले कम्पनीको तर्फबाट प्रपर्टीको किसिम तथा मूल्यअनुसार १ करोडसम्म नगद छूट र १० ग्रामदेखि १०० ग्रामसम्म सुन उपहार पाउनेछन् । यी प्रपर्टीको बुकिङ मूल्य बजारमा चलेको भन्दा एकदमै कम राखिएको छ ।   बसोबास नेपाल, घरजग्गा कारोबारलाई पारदर्शी र व्यावसायिक बनाउने उद्देश्यले स्थापित रियलस्टेट मार्केट प्लेस हो । सन् २०१६ मा स्थापना भएको बसोबास नेपालले शुरूआती दिनदेखि नै घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सी र ग्राहकहरूबीच सहजकर्ताको भूमिका खेल्दै आएको छ । सेवाग्राहीलाई विभिन्न माध्यमबाट घरजग्गा बजारका गतिविधि, प्रपर्टीको मूल्य तथा नीतिनियमका बारेमा जानकारी दिनुका साथै बजारमा चलेका ट्रेन्ड र प्रविधिहरूको बारेमा ग्राहकहरूलाई सुसूचित गर्दै आएको छ ।

असोज १५ गते विश्व बसोबास दिवस मनाइने

काठमाडौँ- विश्व बसोबास दिवस यस वर्ष समृद्धि एवं पुनर्लाभयुक्त शहर : उत्थानशील अर्थतन्त्रको आधार भन्ने नाराका साथ मनाइने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ गते विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व बसोबास दिवसबारे जानकारी दिएको हो । हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस […]

पाँचखालमा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने

१३ असोज, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने भएको छ । यसका लागि नगरपालिकाले स्थानीयसँग प्रारम्भिक छलफल गरेको छ । पाँचखालको वडा नं ३, ५ र ६ मा रहेको करिब पाँच हजार रोपनी पाखो जग्गामा सहरी विकास आयोजना लागू गर्न लागिएको नगरपालिकाको भनाइ छ । तीन वटा वडामा पर्ने […]

उदयपुरमा ३० करोड लागतको अर्को खानेपानी आयोजना

गाईघाट बजार समेटिएको त्रियुगा नगरपालिका ११, १२ र छिमेकी वडा १३ मा बसोबास गर्नेहरूलाई लक्षित गरी ३० करोड बढी लागतको आयोजना निर्माण सुरु भएको हो।...

विश्व बसोबास दिवस नेपालमा आज मनाइँदै

काठमाडौँ – ‘समावेशी शहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ विश्व बसोबास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी सोमबार मनाइँदै छ । सहरी विकास मन्त्रालयले गठन गरेको विश्व बसोबास दिवस, २०७९ मूल तयारी समितिले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (यूएन ह्याविट्याट) को आह्वानमा सबैका लागि उपयुक्त आवास […]

वासिङ्टन डिसीमा दशैं तिहार मेला आयोजना हुने

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास […]

आयोजना प्रभावितलाई शेयर जारी गर्दै दोर्दी जलविद्युत्

५ वैशाख, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । कम्पनीले […]

भारतीय महावाणिज्य दूतावासद्वारा तेस्रो “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना

काठमाडौँ- बीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासद्वारा २६ फेब्रुअरी २०२२ मा वाणिज्य दूतावास परिसर भित्र तेस्रो “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना गरिएको छ । आजादीका अमृत महोत्सव मनाउने क्रममा सो कार्यक्रम आयोजना गरिएको हो। ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए। कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकानसुलर गुनासो […]

न्यूयोर्कमा मिस नेपाल–यूएस २०२१ आयोजना गरिने

'मिस नेपाल–अमेरिका' अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरूको सशक्तीकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको आयोजकको विश्वास छ ।

न्यूयोर्कमा ‘मिस नेपाल युएसए २०२१’ आयोजना हुने

आगामी सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको न्यूयोर्कमा न्यूयोर्कमा ‘मिस नेपाल अमेरिका २०२१’ आयोजना गर्ने भएको छ । आयोजकले आफ्नो १० औं वार्षिक उत्सव भव्य मनाउँदै ‘मिस नेपाल अमेरिका २०२१’ आयोजना गर्न लागेको हो । अभिनेत्री तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा प्रतियोगिताको  मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएकी छन् । सुब्बाले प्रतिस्पर्धी हरुको व्यक्तित्व विकास र सौन्दर्य निखार्नेछिन् ।अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरूले प्रतिभा निखार्ने उदेश्यले नियमित रुपमा आय