काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका हुन्। देउवालाई मुख्यसचिव शंकरदास वैरागी तथा सचिवहरुले सिंहदरबारमा स्वागत गरेका थिए। देउवाले मंगलबार नै सिंहदरबारमा क्याबिनेट बैठक बोलाएका थिए। क्याबिनेट बैठकपछि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर […]