हिल्सा नाका सुचारुमा चिनियाँ मनमर्जी

सिमकोट – नेपाल र चीनको सिमा नाका हिल्सा सञ्चालनमा चिनियाँ मनमर्जी रहने गरेको पाइएको छ। चिनीयाँ पक्षले आफ्ना अनुसार सुचारु र बन्द गर्न थालेपछि यस्तो अवस्था हाल हिल्सा क्षेत्रमा देखिएको हो। शनिबार नाम्खा गाउँपालिका– ५ को यारी गाउँका याछेन लामाकी बृद्ध आमा यारी गाउँमा बित्नु भएको थियो। तर, छोरा बुहारी भने गत असारदेखि ताक्लाकोटमा काम […]

सम्बन्धित सामग्री

हुम्लामा प्रहरीद्वारा पचास लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद

सिमकोट- हुम्लामा नेपाल प्रहरीले गस्तीका क्रममा विभिन्न मितिमा ३५० कार्टुन चिनीयाँ अवैध मदिरा बरामद गरेको छ। हिल्सा नाकाबाट भित्रिएको मदिरालाई स्थानीयले लुकीछिपी ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो। प्रहरीले विभिन्न मितिमा बरामद गरेको मदिरा पचास लाख मूल्य बराबरको रहेको छ। यहाँको हिल्सा नाका सञ्चालनमा आएसँगै चीनको ताक्लाकोटबाट भित्रिएको चिनीयाँ मदिरा हिल्सा र जिल्लाका अन्य भागबाट […]

नेपाली र चिनियाँ अधिकारीबीच चार वर्षपछि सीमा वार्ता

कोरोना महामारीका कारण बन्द रहेको हिल्सा नाका खुल्नासाथ चीनको स्वशासित क्षेत्र तिब्बतको पुराङ काउन्टीका अधिकारी र हुम्ला जिल्लाका सरकारी अधिकारीबीच सीमा वार्ता भएको छ ।

बरामद गरिएको चिनियाँ मदिरा २ लाख ५४ हजारमा लिलामी

सिमकोट – हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याउँदै गर्दा बरामद भएको चिनियाँ मदिरा लिलाम बिक्री गरिएको छ। यारी नाका भन्सार कार्यालयले सूचना निकालेर उक्त मदिरा लिलामी गरेको हो। छनोट प्रक्रियाका लागि मूल्यांकन समितिका सदस्य प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले प्रहरीले बरामद गरेको चिनियाँ मदिरा लिलामीमा बिक्री भएको बताए। कार्यालयले लिलाम बिक्रीका लागि तीन दिने सूचना सार्वजनिक गरेको […]

अवैध चिनियाँ मदिरा बरामद

हुम्ला – चीनसँगको सिमाना हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा ढुवानी गरी खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले सो मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अवैध मदिरा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु […]

हिल्सा नाका खुल्यो, नाक्चेनाङ्ला कहिले खुल्ला ?

कोरोना महामारीका कारण झन्डै ४ वर्षदेखि बन्द हुम्लाको हिल्सा नाका सोमबारदेखि चीनले खुला गरेको छ । हिल्सा नाका खुलेपछि चिनियाँ सामान नेपालतिर आउन थालेको छ । हुम्लावासी १७ जना चिनियाँ बजार ताक्लाकोट पुगेका छन् ।

हिल्सा नाका खोल्न हुम्लीको माग, आर्थिक संकटमा व्यवसायी

असोज २४, सिमकोट । छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् ।  कोभिड–१९ को संक्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन् ।  सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए ।  आर्थिक संकटमा व्यवसायी यो सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक संकटमा परेको अध्यक्ष लामाले बताए । हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरीदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए ।  नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरुको लगानी संकटमा पुगेका छन् । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ । रोजगारी गुम्यो हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करीब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ । वैशाख महीनाको अन्तिम महीनादेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारी लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका बासिन्दा सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन् । वैशाखदेखि मंसिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुनेगरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या बनाएको नाम्काका स्थानीय दावा तामाङले बताए । करीब ८ महीना बढी चीनमा काम गरेर हुम्ला फिर्ता हुनेगरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घरपरिवारको खर्च चलाउन समेत समस्या बनाएको उनले बताए ।  उनले भने,  ‘उत्तरी नाम्खा चीनमा निर्भर छ, उसो त सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाइ गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको छ ।’ हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुनुका साथै दशैंतिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको उनको भनाइ छ ।  च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकाशियो दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दशैंमा खसीको मूल्यमा वृद्धि भएको हो । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैं महँगो हुनेभएको छ ।  चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरीद गर्नुपरेको छ । विगत वर्षमा प्रत्येक वर्षको दशैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैं मनाउने गर्थे भने यो वर्षको दशैं हुम्लीको महँगो हुने भएको हो ।  हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायतका नाकाबाट बन्द हुँदा जिल्लामा खसीको तौल हेरेर रू. १५ हजारदेखि ३० हजारसम्म विक्री हुने गरेको छ ।  चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा रू. १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरीद गर्दा रू. ३० हजारसम्म पर्ने गरेको सिमकोट २ का धनबहादुर भण्डारीले बताए । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन् । व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैंका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएर विक्री गर्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकेजी रू.  एक हजार मूल्यमा विक्री हुने गरेको छ ।  विगतका वर्षमा दशैं आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । तर कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् । रासस

वसन्तपुरमा सद्गुरु, तस्बिरमा हेर्नहाेस्

भारतीय आध्यात्मिक गुरु सद्गुरुले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। जीवित देवी कुमारीको दर्शन गरेर उनले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका हुन् ।यसअघि हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका थिए । कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका थिए । केही दिनअघि  नेपाल पर्यटन बोर्डसँगको छलफलमा सद्गुरुले नेपाल एसियाको स्वीज

कैलाश मानसरोवर दर्शनका लागि हुम्ला पुगे सद्गुरु

चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) नेपाल आएका छन् । हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका हुन्।कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका हुन् । उनी बिहीबार बिहान तारा एयरको विमानमार्फत हुम्लाको सिमकोट विमानस्थल पुगेका छन् । सद्गुरुको टोलीले पैदल मार्गबाट लाप्चा पुगेर मानसरोवरको दर्शनका साथै पूजा पाठ गर्नेछ ।

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ ...

हुम्लीको दसैं महँगो

११ कात्तिक, हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैं महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैं महँगो भएको हो …