वामदेवलाई प्रचण्डको प्रश्‍न- अब के गर्नुहुन्छ ? वामदेवको उत्तर- कुनै गुटमा लाग्दिनँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै कुनै पनि गुटमा नलाग्ने स्पष्ट पारेका छन् ।

उपाध्यक्ष गौतमका सहयोगी विश्वमणि सुवेदीले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष गौतमबीच मंगलबार भएको भेटका बारेमा स्पष्ट पार्दै बुधबार बिहान जारी गरेको प्रेस नोटमा गौतमले आफू कुनै गुटमा नलाग्ने स्पष्ट पारेको जानकारी गराएका छन् ।

“नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्ष्पकमल दाहालले साउन २० गते मंगलबार बिहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख वामदेव गौतमसँग भेट गर्नुभएको सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्,” उनले भनेका छन्, “ उक्त भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही विषयमा संक्षिप्त कुरा गर्नुभएको हो ।”

साउन १३ गते नै उपाध्यक्ष गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्षसमक्ष राखेको प्रस्तावलाई अर्का अध्यक्ष केपी शर्मा ओलीले समर्थन रहेको स्पष्ट पारिसकेका छन् । अध्यक्ष दाहालसँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभइ पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन् ।

“प्रचण्डले अब तपाईँ के गर्नुहुन्छ ? भनी सोध्नुभयो,” सुवेदीले भनेका छन्, “उपाध्यक्ष गौतमले म ठूलो सानो कुनै पनि गुटमा लाग्दिनँ भनी प्रचण्डलाई बिदा गर्नुभयो ।”
 

सम्बन्धित सामग्री

पार्टी फुटको साक्षी बन्न कुनै पनि भेलामा जान्न : वामदेव

६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न कुनै गुटको भेलामा नजाने बताएका छन् । आफू अझै एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताउँदै गौतमले गुट …

अनलाइनखबर

पार्टी फुट्दैन : वामदेव गौतम

तुलसीपुर : नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टी भित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए। 'म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु,' उनले भने, 'मैले पार्टी एकतालाई जोड दिएको छु,

पहिलो पोस्ट

म कुनै गुटमा छैन : वामदेव गौतम

दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो । तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधा...

उज्यालो अनलाइन

भैंसेपाटी पुगेर वामदेवलाई प्रचण्डले सोधे : अब तपाईं के गर्नुहुन्छ?

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू कुनै पनि गुटमा नलाग्ने जवाफ दिएका छन्। गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीका अनुसार उनले मंगलवारको भेटमा आफू निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन्। 'कमरेड प्रचण्डले ‘अब

पहिलो पोस्ट

वामदेवलाई हार्ने गरी चुनाव नलडाइने : प्रचण्ड

काठमाडौं । नेकपाका सहअध्यक्ष प्रचण्डले वामदेव गौतमलाई हार्ने गरी उपनिर्वाचनमा नलडाइने बताएका छन् ।   पाथीभरा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा बुधबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा प्रचण्डले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत ...

नेपाल आज