काठमाडौं– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन ऐन, २०४९ समयसापेक्ष नभएको भन्दै नयाँ कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको छ । समितिको शुक्रबार बसेको बैठकले समयसापेक्ष नयाँ कानुन निर्माण गर्नुअघि हालको विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका लागि सहायक कानुनसमेत तत्काल तयार गर्नुपर्नेमा जोड दिएको हो । बैठकको निष्कर्षबारे जानकारी दिँदै सभापति मायाप्रसाद शर्माले ३३ वर्ष पुरानो […]
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १९३ रन बनाएको छ । यससँगै पोखराले १ सय ९४ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभर ७ विकेटको क्षतिमा १ सय ९३ रन जोडेको हो । सुदूरपश्चिमका ओपनर जोश […]
काठमाडौं– नेपाली कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाली लेखक सङ्घले आज कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसलाई परिश्रमी, मितव्ययीता, आत्मानुशासन, इमानदारिता कार्यान्वयन गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने माग गरिएको हो । सङ्घमा आबद्ध साहित्यकार तथा लेखकका तर्फबाट बुझाइएको ज्ञापनपत्रमा कांग्रेसले लिनुपर्ने नीति र नेता कार्यकर्ताले पालना गर्नुपर्ने […]
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेन-जी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराए । उनले भने, ‘हामी पारदर्शी ढङ्गले नै घाइतेको वर्गीकरण गर्छौँ । […]
दोधारा चाँदनी- यहाँको दोधारा–चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ । महाकाली सिँचाइ तेस्रो चरणको आयोजना कार्यालयले आठ करोड नौ लाख रुपैयाँको लागतमा लिफ्ट सिँचाइ निर्माण गरिरहेको छ । आयोजना प्रमुख योगेन्द्र मिश्रले सिँचाइबाट दोधारा–चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने जानकारी दिए । ‘ठेक्का सम्झौताअनुसार आगामी चैत मसान्तभित्र काम […]