बजेटमा आर्थिक विकास र सन्तुलित वितरणमा जोड

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आव २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफल शुरू भएको छ । सदनमा बुधवार पहिलो दिनको छलफलमा भाग लिँदै सांसदहरूले आर्थिक विकास र सन्तुलित वितरणमा जोड दिएका छन् । सांसदहरूले कृषि ऊर्जा, पर्यटनलगायत क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव राख्दै मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डोर्‍याउने खालको बजेटको आवश्यकता औंल्याए । बजेट निर्माण गर्दा साझा धारणाका साथ बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बुधवार १७ जना सांसदले भाग लिएका थिए । मंगलवार सदनमा पेश गरिएको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामा अर्थमन्त्री जनार्दन शर्माले वित्तीय अनुशासन कायम गर्ने, आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य देखिएका आयोजनामा मात्र बजेट प्रस्ताव गर्ने, अनुत्पादक क्षेत्रमा सरकारी खर्च कटौती गरी मितव्ययिता कायम गरिने उल्लेख गरेका छन् । सरकारले सामाजिक न्याय र ग्रामीण विकासलाई केन्द्रमा राखेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेर सरकारले विदेशिएका युवालाई देशभित्रै रोजगारी तथा कृषिको उत्पादन वृद्धि गर्ने लक्ष्यलाई पनि बजेटको केन्द्रमा राख्ने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश छ । उक्त सिद्धान्त र प्राथमिकतामाथि बिहीवार पनि प्रतिनिधिसभामा छलफल जारी रहनेछ भने राष्ट्रियसभामा छलफल प्रारम्भ हुनेछ । बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले कृषि उत्पादन वृद्धि गर्दै ग्रामीण विकास, ऊर्जा, पर्यटनका क्षेत्रमा बजेटले महŒवपूर्ण फड्को मार्ने विश्वास व्यक्त गरिन् । सबै क्षेत्रमा सन्तुलित विकास र आर्थिक वितरण हुनुपर्ने उनले बताइन् । उपत्यकाभित्र पनि गरीब, दलित तथा पिछडिएका वर्गका समुदाय छन् । उनीहरूलाई पनि बजेटले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिइन् । ‘मुलुक धनी हुनेगरी बजेट तर्जुमा गर्नुपर्छ, हामीसँग धेरै सम्भावना छन्,’ उनले भनिन् । बैठकमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले विकासका सन्दर्भमा राजनीतिक दलका नेताबीच छलफल आवश्यक रहे पनि यस्तो अभ्यास नेपालमा नहुनु दुःखद भएको उनले बताए । बजेटका विषयमा गठबन्धन दलमा समेत छलफल नभएको जिकिर गर्दै उनले बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामा भूमिसुधार भन्ने शब्दसमेत नभएको बताए । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले कृषिप्रधान देश भनेर किताबमा पढेको, तर किसानले मल बीउसमेत पाउन नसक्नु विडम्बना भएको बताए । ‘जब कृषि क्रान्ति हुँदैन, तबसम्म देशको विकास सम्भव छैन,’ अर्थमन्त्री जनार्दन शर्मालाई संकेत गर्दै उनले भने, ‘कृषि विकासका लागि एउटा योजना अघि बढाउनुहोस् ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले व्यापार घाटा बढाएर परनिर्भर भएको बताए । प्राथमिकता र सिद्धान्त आफै अलमलमा रहेको उनले औंल्याए । समन्वयायिक सिद्धान्तका आधारमा अघि बढ्न सके मात्रै समाजवाद निर्माण गर्न सकिने उनले बताए । नेपाली कांग्रेसका सांसद डिला संग्रौलाले गरीब नागरिकको जीवन माथि उठाउने खालको बजेट आवश्यक भएको बताइन् । नेकपा माओवादी केन्द्रका सांसद धर्मशिला चापागाईंले सांसदहरूले प्राथमिकताका विषयमा जोड दिए पनि परम्परागत रूपमा बजेट निर्माण भइरहेको बताइन् । नयाँ राज्यसत्ताको अभ्यास र अनूभूति दिन नसकिएको भन्दै उनले त्यसको सम्बोधन जरुरी रहेको बताइन् । नेकपा एकीकृत समाजवादीका सांसद समिना हुसेनले कृषि विकासमा जोड दिनुपर्ने बताए । नेकपा एमालेका सांसद डा. विजय सुब्बाले मुलुकमा भ्रष्टाचार कायमै रहेकाले त्यसतर्फ ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले व्यक्तिभन्दा जनतालाई बलियो बनाउने गरी बजेट ल्याउन आग्रह गरे । नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले उद्योग, कृषि, पर्यटन, ऊर्जाका साथै शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि सँगसँगै जोडेर बजेट ल्याउनुपर्ने बताए ।   छफलफलमा नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरी, नेकपा एमालेका डा. सूर्यप्रसाद पाठक, कांग्रेसका जिपछिरिङ लामा र माओवादी केन्द्रका गजेन्द्रबहादुर महत पनि सहभागी थिए । प्रतिनिधिसभाको अर्काे बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ । रासस

सम्बन्धित सामग्री

निजी क्षेत्रको सक्रियताबिना आर्थिक विकास सम्भव छैन : मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियताबिना आर्थिक विकास सम्भव नभएको बताएका छन्। शङ्खमूलस्थित यल दरबारमा शुक्रबार आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको ४४औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रको सक्रियता...

‘आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी छ’

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताएका छन् । सिंहदरबारमा आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले सरकारको स्थिरता लोकतन्त्रको विकासका लागि पनि महत्वपूर्ण हुने उल्लेख गरे । “नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व आवश्यक छ”, उनले भने, […]

वैदेशिक कूटनीति र आर्थिक विकास

विशेषतः भूपरिवेष्टित मुलुकको विकट भौगोलिक बनोट नै केही हदसम्म आर्थिक विकास, नागरिक समृद्धिको बाधक तत्त्वविशेषका रूपमा रहँदै आएको पाइन्छ । प्रस्तुत गहन तथ्यलाई अध्ययन गर्दा, दुई विशाल गणराज्य भारत तथा चीनको बीचमा अवस्थित संघीय गणतान्त्रिक राज्यव्यवस्था नेपालले आफ्नो आर्थिक विकास तथा समृद्धिका लागि तुलनात्मक रूपमा विश्वका अन्य मुलुकभन्दा सम्बद्ध दुई राष्ट्रमा नै अन्तर्निहित रहनुपरेको तथ्यलाई […]

जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताउनुभएको छ । जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आयोजना गरेको ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका …

मरो पहिलो एजेन्डा आर्थिक विकास : पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी छिन्। गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी उनले बिहीबार हरिसिद्धीमा घरदैलोपछि न्युज...

आर्थिक विकास र समृद्धिका लागि गठबन्धन: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताएका छन्।...

आर्थिक विकास र गरिबी निवारणको आधार सहकारी बनाइने

सरकारले मुलुकको आर्थिक विकास र गरिबी निवारणको आधार स्तम्भ सहकारी क्षेत्रलाई बनाउने बताएको छ ।आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले मुलुकको आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आवद्ध गराइने बताएको हो । तर यस्ता सहकारी संघ संस्थाको अनुगमन तथा संस्थागत सुशासन प्रवद्र्धन गर्न भने सरकारले नियमनकारी निकायलाई अधिकारसम्पन्न र सुदृढ बनाइने बताएको छ । समयानुकूल समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभी दक्

आर्थिक विकास स्थानीय तहको चौथो प्राथमिकतामा

स्थानीय तहलाई स्थानीय आर्थिक विकास र अर्थतन्त्रको खम्बा मानिए पनि अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा तिनले आर्थिक विकासमा जम्मा ५.२२ प्रतिशतमात्रै बजेट खर्च गरेका छन् । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनअनुसार ५ सय ७९ स्थानीय तहले अघिल्लो आवमा २ खर्ब ४८ अर्ब ६२ करोड रूपैयाँ खर्च गरेकामा आर्थिक विकास चौथो नम्बरमा परेको हो ।तिनले […]

चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

खोटाङ । मध्य पहाडी राजमार्गले छोएको यहाँका चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ । प्रदेश नं १ सरकारको आर्थिक करिडोरअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो । आयोजनाअन्तर्गत अनाज बीउ, […]

‘चिनियाँ आर्थिक विकास दर स्थिर’

सन् २०२१ को पूर्वार्धमा आर्थिक विकास दर स्थिर अवस्थामा रहेको यहाँको राष्ट्रिय विकास तथा सुधार आयोगले सोमबार जानकारी गराएको छ ।   सोमबार पत्रकार सम्मेलन गरी चीनको आर्थिक परिस्थितिबारे जानकारी गराइएको हो । चिनियाँ बर्षको पूर्वार्धमा उत्पादन मात्रा ५३२ खर्ब १६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको आयोगले बताएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा यो १२.७% ले वृद्धि हो । तथ्याङ्क अनुसार चीनको कृषि उत्पादन स्थिर देखिएको छ ।  औद्यौगिक उत्पादन द्रूतरूपमा विकास भएको र सेवा व्यवसायहरू पुनरूत्थान हुँदै आएको आयोगले ...