यहाँ पछिल्ला हप्ताहरूमा विभिन्न मिडियाहरूमा छापिएका कार्टुनहरूलाई प्रकाशित गरिएको छ। आउनुहोस्, एकसाथ राजनीतिक एवं समसामायीक विषयवस्तुहरूमाथि गरिएको तिखा व्यंग्यहरूको स्वाद चाख्नुहोस्।
संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।
मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।
नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।