छोटकरीमा : असोज - कोरोना भाइरस नियन्त्रणको समबन्धमा माग एवं निर्णयहरू

असोज महिनाभर बढ्दो विश्वव्यापी महामारी कोरोना भाइरसको नियन्त्रणका लागि सरकार एवं स्थायी सरकारले के-कस्ता भूमिकाहरू रहे ? साताभर कोरोनाको प्रभावलाई लिएर केकस्ता मागहरू गरिए ? सम्पूर्ण जानकारी एकसाथ एकठाउँमा पढ्नुहोस् ।

हुम्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला आउन अब पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लाबाहिरका कुनै पनि स्थानबाट आउनुपरेमा पिसिआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने निर्णय गरेको हो।


आन्तरिक हवाई सेवा शरु भएको छ। नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा शुरु गरेका हुन्। कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि शुरु भएको हो।


मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो। कोरोना भाइरस (कोभिड- १९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै उक्त निर्णय लिइएको बताइएको थियो। 


सरकारले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुन: लकडाउन गर्न सिफारिस गरेको छ। सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ।


वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रामलखन जैसवालको पोस्टमार्टम गरिने भएको थियो। मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै अस्पताल र कारागार व्यवस्थापनले बुधबार पत्रकार सम्मेलनमा सत्य तथ्य पोस्टमार्टम रिपोर्टपछि आउन बताएका हुन्।


कोभिड– १९ संक्रमणबाट निको भएका व्यक्तिहरूले प्लाज्मा दान अभियान शुरु गरेका छन्। कोभिड– १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चारजनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरूले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन्। 


कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ बिरामीहरुको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन सुझाव दिएको थियो। उपसमितिले पीसीआर रिपोर्ट छिटो प्रदान गर्न देशभरीका प्रयोगशालालाई एकीकृत रुपमा समन्वय गर्न पनि सुझाव दिएको हो।


शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मार्फत संक्रमितलाई पिसिआर रिपोर्टबारे जानकारी गराउनुपर्ने सुझाब दिएको थियो। जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिले बिहीबार मूल समितिलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै १७ वटा सुझाब दिएको हो।


प्रदेश-५ को कोरोना संकट व्यवस्थापन केन्द्रले चाडपर्वको समयमा नेपाल–भारत आवतजावत निरुत्साहित निर्णय गरेको थियो । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै चाडपर्वका बेला नेपाल र भारतबीच हुने छोटो अवधिको आवतजावतलाई नियन्त्रण तथा निरुत्साहित गर्ने निर्णय गरेको हो।


१४औँ महाधिवेशनको तयारीका लागि बोलाएको केन्द्रीय समितिको बैठकका लागि कांग्रेसले कोभिड– १९ को पिसिआर टेस्ट अनिवार्य गरेको छ। बैठक आगामी १९ असोजमा पार्टी कार्यालय सानेपामा बोलाइएको छ।


यो वर्षको चाडपर्वलक्षित सुपथ मूल्य पसल बिहीबारबाट सञ्चालनमा आउने भएका छन्। सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसल मंसिर ६ गतेसम्म जारी रहनेछन्। कुनकुन स्थानमा पसल खुल्ने भन्‍ने अझै टुंगो लागिसकेको छैन। 


केही दिनयता जोर–बिजोरका आधारमा नभई हरेक दिनजसो सबै सवारीसाधन चल्न थालेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गर्ने निर्णय गरेका छन्। 


रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध गराउने भएको छ। यस सहमतिअनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप 'स्पुतनिक-भी' उपलब्ध गराउन सकिने बताइएको छ । विश्व स्वास्थ्य संगठनले भने यो खोपलाई मान्यता दिइसकेको छैन। 


पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ। जसका लागि सरकारले नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने, कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य लागायतका शर्तसम्बन्धी मापदण्ड- २०७७ स्वीकृत गरेको हो। 


प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङस्थित फुङलिङ नगरपालिकाले सामुदायिक विद्यालय सञ्‍चालन गर्ने तयारी थालिसकेको छ तर पहिलो शर्त 'सबै शिक्षकको पीसीआर टेस्ट र रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने बताएको छ। यस्तै, भोजपुरका कतिपय पालिकाले स्वास्थ्यसम्बन्धी नियमलाई कडाइसाथ लागु गर्ने नीति लिएका छन्।


हिमाली जिल्ला सोलुखुम्बुमा प्रवेश गर्नेले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम लगाइएको छ।हवाईजहाजबाट आउने पर्यटकहरुको लागि समेत यस्तो नियम अनिवार्य गरिएको छ। 


काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाही गर्न सिफारिस गरेको छ। कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्‍ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यकाभित्रका विभिन्‍न २२ वटा पसल सञ्‍चालकलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो।


पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ताेकिएकाे दुई हजारभन्दा बढी शुल्क लिने ८ वटा प्रयोगशालालाई २४ घन्टाभित्र शुल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। बढी शुल्क लिनेमा ह्याम्स अस्पताल, डिकोड ल्याब, इन्ट्राप्रिड डायग्नोस्टिक, स्टार अस्पताल, नेपाल मेडिसिटी, बी एन्ड बी, सेन्ट्रल डायग्नोस्टिक, साैर्या हेल्थकेयर छन्। 


चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा काम गर्ने कामदारको कोरोना परीक्षण चीनले गर्ने भएको छ । नेपालतर्फ कोरोना परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि नाकामा काम गर्ने चालक तथा लेबरको कोरोना परीक्षण चीनले नै गर्ने भएको हो । 


बजार खुल्यो, यातायात खुल्यो हवाई सेवा सुरु भै सक्यो तर सरकारले धार्मिक मठ मन्दिरमा जान भने रोक लगाएको छ। चाडपर्वको मौसम सुरु भएपनि सरकारले मन्दिर दर्शन गर्न रोक लगाएको छ। स्वस्थ्यलाई ध्यानमा राखेर एक पटकमा २५ जनालाई दर्शन गराउने र दर्शन गरेर फर्किएपछि अरुलाई मन्दिर प्रवेश गर्न दिने माग गरिएको छ।


कोभिड १९ को बढ्दो संक्रमणका कारण नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाले पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट मात्रै सेवा दिइरहेका र भीड बढ्ने बताउँदै यस्तो निर्णय गरिएको हो।


उद्योगी व्यवसायीले फेरि लकडाउन नगराइदिन सरकारसँग अपिल गरेका छन्। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर लकडाउन नदोहोर्‍याउन अनुरोध गरेको हो। 


कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा प्रदेश ५ सरकारले थप १० करोड रुपैयाँ निकासा गर्ने भएको छ। प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि आवश्यक परेको भन्दै थप रकम निकासा दिने निर्णय गरेको हो।


रुसमा निर्मित कोरोनाभाइरस विरूद्धको खोप ठूलो परिमाणमा नेपालमा भित्र्याउन गरिएको सम्झौतामा नेपालस्थित रुसी राजदूतावासको समर्थन रहेको उक्त सहमतिको मस्कोस्थित पक्षले बताएको छ। रुसको सार्वभौम सम्पत्ति कोष अन्तर्गतको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईफका प्रवक्ताले बीबीसीलाई यो जानकारी दिएका हुन्।


दशैँ-तिहारको समय पारेर बिहीवारदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानहरूलाई मागेजति अनुमति दिन थालिएको बताइए पनि अहिलेसम्म १४ वटा विमानसेवाले मात्र नियमित उडानका लागि अनुमति लिएको उड्डयन अधिकारीहरूले जनाएका छन्।सामान्य अवस्थामा दैनिक एक सयको सङ्ख्यामा आउजाउ उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले प्रतिबन्ध खुकुलो पार्दा समेत तत्काल दैनिक केही समय दुईदेखि साढे दुई दर्जनको हाराहारीमा मात्र उडान हुने देखिएको अधिकारीहरूको भनाइ छ।


संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेश फर्कन चाहने सबै नेपालीलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान संख्या थप्न सरकारलाई निर्देशन दिएको छ।त्यस्तै, समितिले गैरकानुनी बाटोबाट विदेश गएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न पनि निर्देशन गरेको छ। 


तेसो चौथो हप्ता बढ्दो विश्वव्यापी महामारी कोरोना भाइरसको नियन्त्रणका लागि सरकार एवं स्थायी सरकारले के-कस्ता भूमिकाहरू रहे ? साताभर कोरोनाको प्रभावलाई लिएर केकस्ता मागहरू गरिए ? सम्पूर्ण जानकारी एकसाथ एकठाउँमा पढ्नुहोस् ।


चौथो हप्ताभर बढ्दो विश्वव्यापी महामारी कोरोना भाइरसको नियन्त्रणका लागि सरकार एवं स्थायी सरकारले के-कस्ता भूमिकाहरू रहे ? साताभर कोरोनाको प्रभावलाई लिएर केकस्ता मागहरू गरिए ? सम्पूर्ण जानकारी एकसाथ एकठाउँमा पढ्नुहोस् ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक