भेरीका विद्यालय आइतबारदेखि खुल्ने

जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख अमृतबहादुर पुनले बताए । भेरी नगरपालिकामा हाल कोरोना सङ्क्रमणको अवस्था नरहेकाले विद्यालय खोल्ने निर्णय गरिएको उनले

सम्बन्धित सामग्री

शीतलहरले मध्य तराईका विद्यालय खुल्ने समय सर्यो

वीरगञ्ज : शीतलहर र अत्यधिक चिसो बढेसँगै मध्य तराईका विद्यालय खुल्ने समय धकेलिएको छ। शीतलहर र चिसोको प्रकोपले चार दिन पहिलेबाट बन्द भएका यस क्षेत्रका विद्यालय अझै चार पाँच दिन नखुल्ने भएपछि विद्यालय खुल्ने समय पर धकेलिएको हो।मध्य तराईमा अहिले चिसोले यहाँको जनजीवन नराम्ररी गाँजेको छ। यही कुरालाई दृष्टिगत गरी पहिलो चरमा चार दिनका लागि भनी गएको शुक्रबारसम्मका लागि भनी बन्द गरिएका पर्सा, बाराका विद्यालय करिब यो साता नखुल्ने संकेत देखिएको छ।स्थानीय सरकारहरूले कसैले चार दिन त कसैले यो हप्ता नै विद्यालय

१ फागुनबाट विद्यालय खुल्ने

काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो । सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् । यसअघि नै सरकारले विद्यालयहरुलाई […]

गोकर्णेश्वरका विद्यालय आइतवारदेखि खुल्ने

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतवारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो ।  नगरपालिकाले नगरभित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य  मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । मापदण्ड पूरा गरे/नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए ।  विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको मागअनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन्। यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो।...

सुर्खेतमा आइतबारबाट विद्यालय खुल्ने

१८ भदौ, सुर्खेत । आइतबारदेखि सुर्खेतका सामुदायिक तथा निजी विद्यालय खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले कोरोना महामारीका कारण कारण लामो समयदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम नरहेका क्षेत्रमा भदौ २२ गतेदेखि र अन्य ठाउँमा २६ गतेसम्ममा विद्यालय खोल्ने निर्णय गरिएको सुर्खेतका प्रमुख […]

तीजपछि सबै विद्यालय खुल्ने

नवलपुरमा तीजपछि सबै विद्यालयहरु खुल्ने भएका छन । विपद् व्यवस्थापन समिति नवलपुरको वैठकले तीजपछि सबै विद्यालय खोल्ने निर्णय गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताए।

नवलपुरमा तीजपछि सबै विद्यालय खुल्ने

नवलपुर । नवलपुरमा तीजपछि सबै विद्यालयहरु खुल्ने भएका छन । विपद् व्यवस्थापन समिति नवलपुरको वैठकले तीजपछि सबै विद्यालय खोल्ने निर्णय गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । विद्यालय सरसफाई लगायतका सबै काम पुरा गरेर खोल्ने तयारी गर्न निर्देशन दिइएको छ । यद्यपी कुन दिनबाट विद्यालय खोल्ने भन्ने निर्णय भने सम्बन्धित पालिकाले गर्न सक्नेछन् […]

आजदेखि गोकर्णेश्वरका सबै विद्यालय खुल्ने

काठमाडौ‌ । गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू आज देखि खुल्ने भएका छन् । नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगता साथ विद्यालय खोल्ने निर्णय गरेको हो । ११ […]