आर्मी नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । सुरुवातबाट पदक तालिकामा अग्रता लिएको आर्मी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरि कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन बनेको हो । आर्मी लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । सातौं देखि आर्मी लगातार टिम […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद २०७९: त्रिभुवन आर्मीलाई रनिङ ट्रफी

गण्डकी प्रदेशको पोखरामा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।...

जिम्न्यास्टिकमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदकका साथ च्याम्पियन बनेको हो । बागमती प्रदेशले […]

नवौं राष्ट्रिय खेलकुद : सात प्रदेशमध्ये गण्डकी पदक तालिकामा अगाडि

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ आयोजित नवौं राष्ट्रिय खेलकुद शुक्रबार सकिएको छ । असोज २८ गते उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको नवौं राष्ट्रिय खेलकुद बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा समापन गरेका हुन् ।पोखरा रंगशालासहित प्रदेशका ८ जिल्लामा ३६ खेल ९६ इभेन्ट भएको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । आर्मी क्लबले १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेको छ । ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरे

नवौं राष्ट्रिय खेलकुद : एपिएफको पोल्टामा दुवै फुटबलका स्वर्ण

पोखरा : डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरीको एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा बिहीबार स्वर्ण पदक जितेको छ।पोखरा रंगशालामा भएको फाइनलमा एपिएफले सडेन डेथमा आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको हो। एपिएफले पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो।यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दुवै टोलीका १/१ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि १० खे

नवौं राष्ट्रिय खेलकुद: आर्मी सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन

पाेखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन बनेको छ। सबै प्रतियोगिताको समाप्तिसँगै आर्मीले कुल १ सय ७२ स्वर्णसहित कुल ३ सय ७१ पदक जित्दै टिम च्याम्पियन बनेको हाे। आर्मीले रजत १ सय १० र काश्य ८९ पदक जितको थियो। त्यस्तै एपिएफले ६५ स्वर्ण ७३ रजत र ८१ काश्य गरी […]

महिला बास्केटबलमा त्रिभुवन आर्मी च्याम्पियन, वाग्मती प्रदेशलाई रजत पदक

दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। तनहुँको व्यास नगरपालिका-१ निर्मल माविमा बुधवार सम्पन्न फाइनल खेलमा वाग्मती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब बास्केटबलमा च्याम्पियन बनेको हो। त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ४५-३० अङ्कले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक भएको खेलमा आर्मी र…

नवौं राष्ट्रिय खेलकुद : टेनिसको टिम इभेण्टमा गण्डकी र आर्मीलाई स्वर्ण

३० असोज पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिसको टिम इभेन्टको पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरीयताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङतर्फका खेलहरू शुक्रबार सम्पन्न भएका छन्। पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा फेन्सिङतर्फको अन्तिम इभेन्टका रुपमा पुरुष टिम इपीमा आर्मीले एपिएफलाई पराजित गर्दै स्वर्ण हात पार्‍यो।आर्मीले दबाब बनाएको खेलमा एपिएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो। फेन्सिङमा आर्मीको यो ५ औ स्वर्ण हो। उपविजेता बनेको एपिएफले रजत पदक जित्यो। गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदक हात पारे।फेन्सिङतर्फ ६ खेलका १२ इभेन्टमा १२ स्व

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा आर्मी च्याम्पियन

जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा आर्मी च्याम्पियन भएको छ। फेन्सिङमा च्याम्पियन बनेको आर्मीले पाँच स्वर्ण, पाँच रजत र सात कास्यसहित १७ पदक जितेको छ। त्यसैगरी बागमतीले चार स्वर्ण, तीन रजत...

नवौं राष्ट्रिय खेलकुद :  १७ पदकसहित फेन्सिङमा आर्मी पहिलो

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको फेन्सिङ प्रतियोगितामा आर्मी विजेता बनेको छ । पदक तालिका शुक्रबार सकिएको खेलमा आर्मी ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक हात पार्दै च्याम्पियन बनेको हो । बागमती प्रदेश कुल ८ पदकसहित दोस्रो भएको छ । बागमतीले ४ स्वर्ण, ३ रजत […]