बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी संक्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायीरूपमा स्थगित गर्ने निर्णय गरेको छ ।
बेलायतबाट हुने उडानलाई अस्थायीरूपमा रोक्ने केही युरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो ।
सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
कोरोना भाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छन् कि गर्दैनन् भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरूले जनाए ।
कोरोना भाइरस नयाँ स्वरूपमा देखा परेको भन्दै साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गर्यो।
पहिले भन्दा बढी संक्रमक मानिएको कोरोना भाइरसको नयाँ प्रकार पहिलोपटक बेलायतमा पहिचान भएदेखि अहिले क्यानडा, युरोपेली मुलुकहरु सहित एसियामा पनि फेला परिरहेको छ ।
भारतमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटियो। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो।