संवैधानिक नियुक्तिको विषयलाई लिएर नेकपाकाे प्रचण्ड-नेपाल समूहले भाेलि १ दिने आमहड्ताल घोषणा गरेकाे छ। वैधानिक निकायहरूमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले आमहड्ताल घोषणा गरेकाे हाे।
कोरोना महामारीका कारण जनताको आर्थिक र सामाजिक क्रियाकलाप अझै सामान्य हुन नसकेको अवस्थमा यस्ताे हड्तालले सर्वसाधारणले अझै सास्ती भाेग्नुपर्ने भन्दै यसकाे विराेध सुरु भएकाे छ। यद्यपि पूर्वनिर्धारित कार्यक्रम, नियमित काम तथा विभिन्न परीक्षाहरू भने हड्तालले नराेकिने बताइएकाे छ।
यता सरकारले भाेलिकाे आम हड्तालका लक्षित आकस्मिक सुरक्षा योजना अघि सारेकाे छ। प्रधानमन्त्रीले भने 'जनताले के बिगार गरे र बन्द गर्नुपरेकाे' भन्दै प्रचण्ड-नेपाल समूहलाई प्रश्न साेधेका छन्।
गृहमन्त्रालयले भने बन्द हड्ताल गरे कारबाही गर्ने बताउँदै सवारीसाधन चलाउन आग्रह गरेकाे छ।