छोटकरीमा यस हप्ता : थुनिएको महाकाली नदीदेखि प्रधानमन्त्रीको आमसभासम्म

माघ तेस्रो साता कोरोना खोप भित्रिएपछिको नेपाल, महाकाली नदि थुनियो, विप्लव समूहसँग मैत्री सम्बन्ध बनाउँदै सरकार, पशुपतिमा १४१ किलो सुनको जलहरी, प्रचण्ड-नेपाल समूहकाे हड्ताल, सेनाकाे बख्तरबन्द, प्रधानमन्त्रीकाे आमसभा, 'पुटिन प्यालेस' को रहस्य, म्यान्मारमा सैनिक कू, भारतमा नयाँ आवकाे लागि बजेट लगायतका विषयवस्तुहरू चर्चाका केन्द्रमा रहे। हप्ताभरका सम्पूर्ण गतिविधिहरूलाई छोटकरीमा यहाँ एकमुष्ट पढ्नुहोस्।

सरकारले भारतबाट अनुदानमा आएको पहिलो चरणको खोप प्रयोगमा आएपछि मात्र दोस्रो चरणको अभियान सुरु गर्ने बताएको छ। पहिलो चरणको कोभिड खोप अभियानको प्रभावकारिता कस्तो रह्यो ? कोरोना खोप भित्रिएपछिको नेपालको अवस्था कस्तो देखिदै छ? छोटकरीले तयार पारेको यी सामाग्रीहरू पढ्नुहोस्।


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा आएको विभाजनपछि विकसित परिस्थितिका बीच नेकपा ओली पक्षले भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास थालेको छ । भूमिगत समूहसँग वार्ता गर्न प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरुलाई जिम्मेवारी दिएका समेत बताइन्छ ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटतिर अघि बढ्ने देखिएकाे छ। नेकपाकाे प्रचण्ड-माधव समूहले पार्टी विभाजनका लागि निर्वाचन आयाेग जाने निर्णय गरेसँगै पार्टी विभाजनतिर जाने देखिएकाे छ।


भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा नेपाल तथा भारत दुवैतर्फको महाकली नदी थुनिएकाे थियो। पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको हो। नेपाल र भारतका सुरक्षाकर्मीहरू संयुक्तरूपमा पहिरो हटाउन लागिपरेका थिए।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै निवेदन दिएकाे छ। उता याे समूहका अध्यक्ष प्रचण्डले अदालतले संसद पुनःस्थापना नगरे संसद बैठक बोलाएर ओलीलाई हटाउने बताएकाे छ।


सरकारले चुनाव घाेषणा गरेसँगै बजारमा महँगी बढेकाे छ। बजारमा खासगरी दैनिक उपभाेग्य वस्तुहरूकाे मूल्य आकासिएकाे हाे। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा भएपछि महँगी बढेको हाे।


आज ‘सिमसार र पानी’ नाराका साथ सिमसार दिवस संसारभर मनाइयो। रामसारको सूचीमा सूचिकृत नेपालका १० वटा सिमसार क्षेत्रले नेपालको झण्ढै पाँच प्रतिशत भू–भाग ओगटेको छ। तर सिमसार क्षेत्रले बढ्दो प्रदुषण, बढ्दो अतिक्रमण झेलिरहेको छ, यस सम्बन्धमा सरकार कत्तिको जिम्मेवार छ ?


काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएसँगै रोग अन्यत्र फैलन नदिन सरकार क्रियाशील देखिएको छ। रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकेको पशु सेवा विभागले जनाएको छ । बर्ड फ्लुलाई लिएर नेपालको पछिल्लो अवस्था कस्तो देखिएको छ ?


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड-नेपाल समूहले आव्हान गरेकाे नेपाल बन्द सहितकाे एकदिने हड्ताल सकिएकाे छ। देशभरि आंशिक प्रभाव रहेकाे हड्ताललाई प्रचण्ड समूहले सफल भएकाे बताएकाे छ भने प्रधानमन्त्रीले जनतालाई किन दुःख दिएकाे भन्दै प्रश्न गरेका छन्। हड्तालका क्रममा समूहका कैयाैं नेता कार्यकर्ता पक्राउ परेका छन् भने थुप्रै घाइते भएका छन्।


पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्न प्रधानमन्त्रीले निर्देशन दिएपछी विवाद बढेको छ । प्राचीन स्मारक संरक्षण ऐनको दफा १२ ले पुरातात्त्विक वस्तुको स्वरूप परिवर्तनमा निषेध गरेको भन्दै पुजारी, स्थानीय र सरोकारवालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिने अडान लिएका छन् ।


संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई नियुक्त गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन्। नियुक्तिसँगै नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट परेकाे छ।


सर्वाेच्च अदालतमा चलिरहेकाे संसद विघटनविरुद्धकाे मुद्दामा सरकारी वकिलहरू रक्षात्मक देखिएका छन्। इजालसबाट गरिने प्रश्नमा सरकारी वकिलहरू रक्षात्मक देखिएका हुन्। आजकाे बहसमा न्यायाधीश प्रस्ट हुन खोज्ने, सरकारपक्ष तर्कने अवस्था देखिएकाे छ।


साेमबार काठमाडाैँमा बख्तरबन्द सहित नियमित अभ्यास गरेकाे नेपाली सेनाकाे बख्तबन्द देशका बुटवल, चितवन र कैलालीमा पनि देखिएकाे छ। नेपाली सेनाले नियमित अभ्यासका लागि बख्तरबन्द सडकमा निकालेको हाे। कतिपयले भने सेनाकाे नियमित अभ्यासलाई सन्देहकाे आँखाले हेरिरहेका छन्।


सभामुख अग्निप्रसाद सापकोटाले हालै गरिएका संवैधानिक नियुक्तिहरूविरुद्ध सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालय तथा अन्य‍ ३८ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। रिट दायर गरेसँगै उनले पत्रकार सम्मेलन गरेका छन्। सम्मेलनमा उनले संविधानमाथि लगातार हमला भएकाले अदालतमा रिट निवेदन दिनुपरेकाे बताएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीकाे आमसभा सम्पन्न भएकाे छ। दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि आमसभा गरिएकाे हाे। सभामा प्रधानमन्त्रीले देश पुनः पछाडि फर्किन नसक्ने बताएका छन्। सभा ऐतिहासिक भएकाे उनकाे दाबी थियाे।


एउटा विलासी दरबार निर्माणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अवैध धनको प्रयोग गरी एक अर्ब पाउन्ड मूल्य खर्च गरेको दाबीसहित रुसका प्रमुख विपक्षी नेताले सार्वजनिक गरेको खोजपूर्ण भिडिओको कारण संसार स्तब्ध छ। के छ भिडियोमा आउनुहोस्, जानौं।


भारतले नयाँ आर्थिक वर्ष २०२१/२२ का लागि बजेट सार्वजनिक गर्यो। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसदमा पेश गरेकाे बजेट भारतीय इतिहासमै पहिलाेपटक 'ट्याबलेट'बाट सार्वजनिक गरिएकाे हाे। यसपटककाे बजेटमा भारतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाे छ। त्यस्तै भारतले नेपाललाई दिँदै आएकाे अनुदानमा समेत वृद्धि गरेकाे छ।


विश्वकै धनाढ्य तथा अमेजन कम्पनीका मालिक जेफ बेजोसले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट राजीनामा दिने भएका छन्। उनको राजीनामा पश्चात अमेजनको सीइओ को हुनेछ र बेजोस कता जानेछन् ?


विश्वचर्चित वातावरण अभियन्ता ग्रेटा थनवर्गले भारतमा जारी किसान आन्दोलनको पक्षमा आफ्नो समर्थन दोहोर्‍याएकी छन् । यस्तै, पप स्टार रिहानाको एक ट्वीटले भारतभित्र यति गर्मी बढायो कि त्यसको रापको महशुस खेलाडीदेखि सेलिब्रेटीसम्मले गरे।


एसियन देश म्यान्मार (बर्मा) मा सैनिक कू भएकाे छ। म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गर्दै नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरेको बताएकाे छ। घटनापछि अमेरिकी राष्ट्रपति जाे बाइडेनले पक्राउ परेका नेताहरू तत्काल नछुटे कारबाही गर्ने चेतावनी दिएकाे छ।

\


सम्बन्धित सामग्री

एमाले संकटः शीर्ष नेताहरूबीच भएन कुनै सहमति

नेकपा एमालेमा बढिरहेकाे विवाद तत्काल साम्य हुने संकेत देखिएकाे छैन। लामाे समयपछि संवादहीनता ताड्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता भएपनि कुनै ठाेस सहमति हुन सकेकाे छैन। बैठकपछि बाेल्दै नेपालले कुराकानी उत्साहप्रद नभएकाे प्रतिक्रिया दिएका छन्। त्यस्तै उनले नयाँ दल खाेलेकाे भन्ने कुरा साँचाे नभएकाे बताए।

छोटकरी विशेष

धरहरा निर्माण सकियाे, यस्ताे बन्याे नवनिर्मित धरहरा

भूकम्पले ढलेकाे धरहराकाे निर्माण झण्डै सकिएकाे छ। वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे धरहरा वरिपरि बन्ने अन्य संरचनकाे भने निर्माण कार्य जारी रहेकाे छ। धरहराको पुनर्निर्माण अत्याधुनिक र भूकम्प प्रतिरोधी रहेकाे बताइएकाे छ। अन्डरग्राउन्ड र पार्किङको काम ५० प्रतिशत मात्र सम्पन्न भएको बताइएकाे छ।

छोटकरी विशेष

अयाेध्यामा राखियाे सीतारामकाे मूर्ति

रामकाे जन्मभूमिका रूपमा प्रधानमन्त्रीद्वारा घाेषित चितवनकाे माडीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएकाे छ। माडी नगरपालिका वडा नं. ९ स्थित माा कृष्णनगरमा मूर्ति राखिएको हो। काठमाडाैँबाट लगिएका मूर्तिहरू प्रधानमन्त्री ओलीले पूजाआजा गरी विदा गरेका थिए। रथयात्राको टाेली दासढुंगा नारायणगढ, चौविसकोठी, विकास चोक, पटिहानी ठाेरी पुगेकाे हाे।

छोटकरी विशेष

एमालेभित्र वारपारकाे लडाइँ, नेपाल समूहका ३२ जनालाई कारबाही गरिँदै

एमालेले नेपाल समूहका ३२ जना नेताहरूलाई स्पष्टीकरण साेधेकाे छ। संघीय संसदका २७ जना सदस्य र प्रदेश सभाका ५ जनासहित ३२ जनालाई स्पष्टीकरण सोधिएकाे हाे। उनीहरूलाई पार्टीविधान उल्लंघन गरेकाे आराेप लागेकाे छ। उता नेपाल समूहका नेताहरूले भने आफूहरू एमालेमै रहेकाे बताउँदै पार्टीभित्रै रहेर संघर्ष गर्ने बताएका छन्।

छोटकरी विशेष

चारदिनभित्र सबै मुद्दा टुंग्याउने जसपालाई प्रधानमन्त्रीकाे आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेता तथा कार्यकर्तालाई लागेका मुद्दा टुंग्याउने आश्वासन दिएका छन्। जसपाका चारजना नेताहरूसँग भेटेका प्रधानमन्त्री यस्ताे आश्वासन दिएका हुन्। यसअघि रेशम चाैधरी लगायतका थारू आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताकाे मुद्दा फिर्ता गर्न फाइल गृहमन्त्रालय पुगेकाे थियाे।

छोटकरी विशेष

देशैभर बढ्दै काेराेनाका गम्भीर बिरामी, वाग्मतीमा सबैभन्दा बढी

नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाका १६० जना बिरामी आईसीयूमा भर्ना भएका छन्। त्यस्तै काेराेनाकाे सिकिस्त लक्षण देखिएका अन्य ४५ जनालाई भेन्टिलेटरमा राखिएकाे छ। यीमध्ये सबैभन्दा धेरै सिकिस्त बिरामी वाग्मती प्रदेशमा भेटिएका छन्। त्यस्तै देशैभरि काेराेनाबाट मृत्यु हुनेकाे संख्या बढ्दाे क्रममा देखिएकाे छ। सरकारले भने १३ बुँदे सूचना जारी गरेकाे छ।

छोटकरी विशेष