पूर्वराष्ट्रपतिले भने, राष्ट्रपतिका कारण मुलुकमा ग्रहण लाग्यो

पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताएका उल्लेख गरेका छन्। राष्ट्रपतिले बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनुपर्नेमा हतारहतार संसद विघटन गर्नु अनुचित रहेकाे उनकाे भनाइ थियाे।

विस्तृतमा


सम्बन्धित सामग्री

फ्लाेर क्रश गर्ने एमाले कर्णालीका चार सांसदलाई कारबाही

फ्लाेर क्रश गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे कुर्सी जाेगाएकाे भन्दै एमालेले आफ्ना चारजना प्रदेशसभा सांसदलाई कारबाही गरेकाे छ। उता सांसद प्रकाशज्वालाले पार्टी एकताकाे सन्देश दिन आफूहरूले फ्लाेर क्रश गरेकाे बताएका छन्। उता कर्णाली एमालेले सांसदहरूले राजनीतिक अपराध गरेकाे बताएकाे छ।

छोटकरी विशेष

नेपालमा युके भेरियन्टकाे काेराेना तीव्र रूपमा फैलिँदै

नेपालमा दुई नयाँ भेरियन्टकाे काेराेना फैलिएकाे देखिएकाे छ। नेपालमा डबल म्युटेन्ट र युके भेरियन्टकाे काेराेनाकाे नयाँ भेरियन्ट देखिएकाे हाे। तीमध्ये युके भेरियन्टकाे काेराेना तीव्र रूपमा फैलिइरहेकाे छ। बालबालिका, वृद्धवृद्धाका लागि बढी खतरनाक मानिएकाे याे भेरियन्टका शिकार भने ३०-३९ वर्षीय युवा संक्रमित भइरहेका छन्। युके भेरियन्टका संक्रमितकाे ट्राभल हिस्ट्री खाेजिँदैछ।

छोटकरी विशेष

यी १४ जिल्ला काेराेनाबाट अति प्रभावित, विद्यालय बन्द गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयले सबै सरकारी अस्पतलाहरूले कोरोना संक्रमितका लागि कम्तीमा ५० बेड छुट्याउनुपर्ने निर्णय गरेकाे छ। काेराेना संक्रमण बढ्दै जाँदा सरकारले यस्ताे निर्णय गरेकाे हाे। त्यस्तै मन्त्रालयले अति संक्रमण बढेका १४ जिल्लाका विद्यालय बन्द गर्न समेत भनेकाे छ। उता स्थानीय तहहरू विद्यालय बन्दबारे संघीय सरकारकाे निर्णय कुरेर बसेकाे बताएका छन्।

छोटकरी विशेष

अविश्वासको प्रस्ताव आउने भएपछि रातारात संसद अधिवेशन अन्त्य

गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएपछि त्यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद बैठक स्थगित गरेका छन्। त्यस्तै सरकारमा प्रमुख साझेदार रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यता प्रतिपक्षी दलले प्रदेश प्रमुखसमक्ष संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै निवेदन दर्ता गरेका छन्। संसद अधिवेशन बोलाइए सरकार ढल्नेछ।

छोटकरी विशेष

फर्केर हेर्दा २०७७ सालः मुख्य-मुख्य घटनाहरू

वर्ष २०७७ नेपालका लागि विशेष रह्याे। काेराेना र त्यसले निम्त्याएकाे आर्थिक, सामाजिक समस्याले ठूलो उथलपुथल ल्यायो। त्यस्तै राजनीतिक रूपमा पनि यसवर्ष अनेकौं घटना भए। संसद विघटनदेखि पुनःस्थापनासम्म, नेकपा विवाद तथा सर्वोच्चले ल्याइदिएको सो पार्टीको विभाजनसमेत चर्चामा रह्याे। यस वर्ष के-के घटना भए त तिनकाे मुख्य-मुख्य तथ्यहरूलाई यहाँ सूचीकृत गरिएको छः

छोटकरी विशेष

भारतमा काेराेना भयावह, एकैदिन लाखाैँ संक्रमित भेटिँदै

छिमेकी देश भारतमा काेराेनाले भयावह रूप लिएकाे छ। नयाँ भेरियन्टकाे भनिएकाे काेराेना भेटिएसँगै भारतमा ठूलाे संख्यामा काेराेना संक्रमित भेटिन थालेका छन्। पछिल्लाे २४ घण्टामा मात्रै भारतमा काेराेनाका १ लाख ६१ हजार काेराेना संक्रमित भेटिएका छन्। त्यस्तै, भारतमा काेराेना खाेपकाे अभाव भएकाे बताइएकाे छ।

छोटकरी विशेष

दैनिक ११ हजारमा संक्रमण देखिने, सक्रिय संक्रमित मात्रै ६ लाख पुग्ने

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले कोरोना संक्रमितको संख्या दैनिक ११ हजारसम्म पुग्ने प्रक्षेपण रहेको बताएका छन्। त्यस्तै उनले सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने समेत बताएका छन्। उनले कोरोना बढ्दै गएपनि सकेसम्म लकडाउन नगर्ने बताएका छन्। विगतको अनुभव, तयारी तथा पूर्वाधारलाई थप प्रभावकारी बनाइने समेत उनको दाबी छ।

छोटकरी विशेष