प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध पनि अविश्वास प्रस्तावको तयारी

१० पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् । नेकपाको …

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । परिस्थितिमा फेरबदल नभए केही दिनमै गठबन्धन भित्रका दलले अविश्वासको प्रस्ताव पेस गर्ने नेताहरुले बताएका छन् । प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । सरकार परिवर्तनको तयारीमा पाँच दलीय गठबन्धन जुटेका छन् ।निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेशमा प्रमाणपत्र लिएलगत

शेरधन राईविरुद्ध पुनः अविश्वास प्रस्ताव ल्याउने तयारी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको छ । माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय जनता पार्टी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । माओवादी केन्द्रलगायत सबै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यको विरोधका बीच प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएपछि दलका नेताहरूले मुख्यमन्त्री राई नेतृत्वको सरकारको औचित्य समाप्त भएको प्रतिक्रिया दिएका थिए । कांग्रेसका नेता राजीव कोइरालाले सरकारले ल्याएको नीति, कार्यक्र...

'अविश्वास प्रस्ताव औचित्यहीन', प्रदेश १ मा माओवादीले फिर्ता लियो

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ ले मुख्यमन्त्री शेरधन राईप्रति गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ।सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रस्तावक तथा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले अविश्वासको प्रस्ताव फिर्ता लिएको घोषण गर्दै भने, ‘फरक सन्दर्भमा दर्ता गरिएको अविश्वास प्रस्ताव अहिलेको सन्दर्भमा औचित्यहीन भयो।’ त्यस्तै नेकपा एमालेका नेता तथा सांसद राजेन्द्रकुमार राईले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयप्रति समर्थन जनाउँदै उनले भने, ‘न

जोगियो प्रदेश १ सरकार, अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता (पत्रसहित)

नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश १ सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ। माधव नेपाल झलनाथ खनाल समूहका भीमप्रसाद आचार्यसहितका १६ सांसदले अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयलाई जानकारी दिएका छन् । उनीहरुले यससम्बन्धी जानकारी मंगलबार सचिवालयलाई दिएका हुन् । यससँगै शेरधन राई नेतृत्वको प्रदेश १ सरकार ढल्नबाट रोकिने निश्चित भएको छ ।

प्रदेश १ : अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सभा सदस्यलाई सात दिनकाे समय

माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन आफ्नो दलका प्रदेश सभा सदस्यलाई सात दिन समय दिनुभएको छ । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभा सदस्यलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिनुभएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । एमाले संसदीय दलको बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट रहेका उपनेता टङ्क आङ्बोको पनि उपस्थिति रहेको प्...

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव

माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो ।मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ...

संविधानमाथि शृंखलाबद्ध ज्यादती : प्रतिनिधिसभा विघटन, प्रदेश सभा बन्धक

दुई मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव दुई महिनादेखि अलपत्र प्रदेश १ : अविश्वास प्रस्ताव दर्ता भएपछि जम्मा दुई बैठक, ६ मिनेट सञ्चालन बागमती :अनिश्चित कालका लागि बैठक स्थगित गरेर सभामुख सम्पर्कविहीन ...... देशमा संविधान छ कि छैन...

थन्कियो अविश्वास प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सचिवालयमा नेकपाका प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको एक महिना नाघ्यो । माघ ७ गते एक पटक बसेर स्थगित भएको प्रदेशसभा बैठक कहिले बस्छ भन्ने निश्चित छैन । प्रदेशसभा सचिवालयमा प्रचण्ड नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपामा ठूलो तरंग छाएको थियो । प्रदेशसभा अनिश्चित बनेपछि प्रचण्ड नेपाल समूह विरोध समूहमा व्यस्त हुँदै गर्दा अविश्वास प्रस्ताव पनि त्यसै थन्किएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।