छोटकरीमा : आज - २०७८ वैशाख २२, बुधबार

आज '४० जिल्लामा पुरै र १२ वटामा आंशिक निषेधाज्ञा', 'विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने', 'रेल्वे विधेयक संसद्‍मा अड्काएर अध्यादेश', 'संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल', 'बाइडेनले अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थीको संख्या चार गुणा बढाए' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

पछिल्लो २४ घन्टामा देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको छ२४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना मुक्त हुँदा ५८ संक्रमितको मृत्यु भएको छ।


कोभिडको दोस्रो लहर नेपालमा फैलिएसँगै यस सम्बन्धी मिथ्या सूचनाहरु सामाजिक सञ्जाल मार्फत फेरि फैलिन थालेका छन् ।  यी औषधि चिकित्सकको सल्लाह र सुझाव अनुसार प्रयोग गर्नु उपयुक्त हुनेछ, जथाभावी सेवन गर्न हुँदैन ।


 कोभिड–१९ को कारण बढ्दो स्वास्थ्य संकटलाई मध्यनजर गरी संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न नेपाली सेनाले आवश्यक परे अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई बोलाउन सक्ने गरी निर्देशन जारी गरेको छ ।


गण्डकीका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको परिधिभित्र बसेर प्रदेशमा समन्वय गर्ने मुख्य जिम्मेवारी पूरा गर्ने बताएकी छन्। उनले प्रदेशसभा लथालिंग पारेपछि सभामुखको राजीनामा माग्ने घडीसमेत आइसकेको जिकिर गरिन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिनका लागि प्रमुख प्रतिपक्ष कांग्रेससँग प्रस्ताव राखेका छन् । कांग्रेसले सत्ता सहकार्य हुन नसक्ने जवाफ दिएको छ ।


राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपपछि रिक्त रहेको सिटमा जेठ १७ गते उपनिर्वाचन हुने भएको छ ।


 राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । रेल्वेसम्बन्धी विधेयक संघीय संसद्‌मा सरकारकै कारण अड्किएर बसेको छ । २०७६ पुस १८ गते राष्ट्रिय सभामा दर्ता भएको रेल्वे विधेयक अझैसम्म पार लाग्न सकेको छैन । 


नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपालपक्षले वाग्मती प्रदेश अन्तर्गत हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । 


कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ ।पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमललाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।


अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ ।


आयरल्याण्डका राष्ट्रपतिले टीभीको प्रत्यक्ष प्रसारणमा अन्तर्वार्ता दिँदैगर्दा जुन दृश्य देखिन्छ, त्यो हेरेपछि सायद तपाईं मुस्कुराउनुहुनेछ । 


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७८ वैशाख २९, बुधबार

आज नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो, जसपा शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन, गण्डकीमा मुख्यमन्त्री नियुक्त गुरुङले लिए शपथ, इजरायल र हमासबीचकाे बम हानाहान झनै तीव्र, भीषण युद्धको आशंका लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरीमा : आज - २०७८, वैशाख २४, शुक्रबार

आज शिक्षण र टेकु अस्पतालमा बेड भरिएपछि बरन्डामै संक्रमित, कोभ्याक्स सुविधाअन्तर्गत खोप उपलब्ध गराउन राष्ट्रसंघलाई आग्रह कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरीमा : आज - २०७८ वैशाख २१, मंगलबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, बिल र मेलिन्डा गेट्सले गरे सम्बन्धविच्छेद लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरीमा : आज - २०७८ वैशाख २०, सोमबार

आज गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ, कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति, वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव लगायतका विषयवस्तुहरूलाई यहाँ समावेश गरिएको छ।

छोटकरीमा : आज - २०७८ वैशाख १७, शुक्रबार

आज एक सातामै १९ वर्षमुनिका २५ सय बढीमा कोरोना संक्रमण, अस्पतालमा शय्या उपलब्ध गराउन नसिक्ने स्थिति आएको स्वास्थ्य मन्त्रालयको दाबी, पाटन र वीर अस्पताललाई एक हजार संक्रमितको उपचार गर्ने गरी 'कोभिड अस्पताल' बनाइने, केजरीवालले जनतालाई असुरक्षित छाडेको भाजपा संसदको दाबी लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरीमा आज : २०७८ वैशाख १५ गते, बुधबार

बुधबार १५ हजार जनाले लिए आन्तरिक हवाई उडान, गत वर्षकाे पीडा सम्झेर गाउँ फर्कनेकाे लर्काे आज पनि उस्तै, बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भारतको अवस्थाप्रति डब्लुएचओ चिन्तित लागायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।