काठमाडौं, भदौ ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं विश्व सम्मेलनमा नेपालमा ‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सन् २०१९–२०२१ कार्यकालमा यूरोप क्षेत्रीय संयोजकका रुपमा निर्वाह गरेको भूमिका र […]