झापा, २२ माघ । प्रतिनिधिसभाकी पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक (टिआरसी) पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छन् । प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्रपार्कमा आयोजना गरेको २६औँ स्थापना दिवसको कार्यक्रममा उनले विधेयकमा मावनताविरुद्ध जघन्य अपराधमा छुट दिन नहुने धारणा राखेकी हुन् । शान्ति प्रक्रियासँग जोडिएको संवेदनशील विषयमा सरकारले बहुमतका […]