प्रतिनिधिसभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो । त्यस्तै बैठकले राष्ट्रियसभाको सन्देश सहितको शपथसम्बन्धी विधेयक, २०७९ लाई पनि बहुमतले पारित गरेको छ । त्यसैगरी खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ । हाल काठमाडौं उपत्यका सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि दफाबार छलफल प्रा