हेटौंडामा सम्पन्न भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लब हेटौंडाले जितेको छ । शुक्रबार भएको फाइनलमा चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुर २–१ मा स्तब्ध पार्दै उपाधि चुमेको हो ।
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा स्कुल अफ म्यानेजेमेन्ट र नेशनल इन्फोटेक कलेज पर्सा अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेका छन् । लिगचरणको अन्तिम खेलमा सोमबार आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदै दुवै टोली हेटौंडामा जारी अष्टकुमारी क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको हुन् । लिगचरणको खेलमा हेटौंडा सिटी कलेजले नारायणी कलेजलाई ३० रनले पराजित गरेको हो । यो […]
The post अन्तरकलेज क्रिकेट – हेटौंडा र पर्सा फाइनलमा भिड्ने first appeared on हाम्रो खेलकुद.
काठमाडौं । ‘हेटौंडा एकेडेमी सिंगिङ स्टार’ को उपाधि पृथक रिमालले जितेका छन् । फाइनलमा पुगेका १० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । हेटौंडा उपमहानगरपालिका-११ मा रहेको हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसर पारेर गायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा रोशना विष्ट दोस्रो भइन् भने कृतज्ञ सापकोटा तेस्रो भए […]
मकवानपुर (हाम्रो खेलकुद) – हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ । मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जित्न सफल भएको हो । एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । […]
The post एपिएफलाई भलिबल उपाधि first appeared on Hamro Khelkud.
हेटौंडा – साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो। हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो। आर्मीले […]
निशा गुरुङ-
हेटौंडा : भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लब हेटौंडाले जितेको छ। शुक्रवार हेटौंडास्थित फरेस्ट्री क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुरलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै भिडोलले उपाधि चुमेको हो।
बीएफसीका रन्जित आले मगरले खेलको ५७ मिनेटमा गोल गरेर अग्रता…